तिहारमा फजुल खर्च कम गरेर मूल्य घटेका बीमा कम्पनीका शेयरमा लगानी गर्ने कि ? (सूचीसहित)

२७ कार्तिक २०८०, सोमबार १३:४०

काठमाडौं । तिहार अघि आम लगानीकर्ताहरुलाई निराश बनाउदै शेयर बजार बन्द भएको छ । गत साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको थियो । कारोबारको अघिल्लो दिन सामान्य रुपले बढेको शेयर बजार बिहीबार घटेको थियो ।

गत साताको बिहीबार शेयर बजार ११ दशमलव ८५ को अंकले घटेर १८५२ को विन्दुमा कायम भएको थियो । शेयर बजार घटेसँगै कारोबार रकम पनि घटेको थियो । नेप्सेमा कारोबार भएका २८२ कम्पनीहरुमध्ये ५७ कम्पनीको शेयरमूल्य मात्र बढेको थियो ।

यसै क्रममा अधिकांश बीमा कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ । तिहारका गरिने फजुल खर्चलाई व्यवस्थित रुपमा जम्मा गरी विभिन्न बीमा कम्पनीहरुको शेयर खरिद गर्न सकिने अवस्था रहेको छ । हामीले समयमा नै लगानी गर्ने बानीको विकास गर्न आवश्यक रहेको छ । लगानी गर्ने बानीले मानिसलाई कहिल्यै पनि धोका दिदैन् ।

हाल नेपालमा २८ वटा बीमा कम्पनीहरु रहेका छन् । जसमा १४ वटा जीवन बीमा कम्पनी र १४ वटा निर्जीवन बीमान कम्पनी रहेका छन् । जीवन र निर्जीवन बीमा कम्पनी गरी कुल २३ कम्पनी नेप्सेमा सूचीकृत भएका छन् ।

जीवन बीमा कम्पनी
नेप्सेका आधारमा जीवन बीमा कम्पनीहरुमध्ये एलआइसीएन नेपालको शेयरमूल्य सर्वाधिक रहेको छ । कम्पनीको शेयरमूल्य एक हजार ३१५ रुपैयाँ रहेको छ । नेपाल लाइफको शेयर ६४४ रुपैयाँले दोस्रो स्थानमा रहेको छ । भने एशियन लाइफको ५९२ रुपैयाँले तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको ५४० रुपैयाँ, सूर्यज्योति लाइफको ४६८ रुपैयाँ, आइएमई लाइफको ४६५ रुपैयाँ, सानिमा रिलायन्स लाइफको ४१८ रुपैयाँ, सन नेपाल लाइफको ४२६ रुपैयाँ र हिमालयन लाइफको ३८१ रुपैयाँमा नै खरिद गर्न सक्ने भएका छन् । जुन रकम हामिले विभिन्न फजुल खर्चको नियन्त्रण गरी जोगाउन सक्छौ ।

निर्जीवन बीमा कम्पनी
नेप्सेका आधारमा सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य सर्वाधिक उच्च रहेको छ । कम्पनीको शेयरमूल्य १३ हजार २१० रुपैयाँ रहेको छ ।

नेको इन्स्योरेन्सको ७९९ रुपैयाँले दोस्रो स्थानमा रहेको छ । भने शिखर इन्स्योरेन्सको ७२३ रुपैयाँले तेस्रो स्थानमा रहेको छ । त्यस्तै, नेपाल इन्स्योरेन्सको ७०८ रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ७०१ रुपैयाँ रहेको छ ।

त्यस्तै, एनएलजि इन्स्योरेन्सको ६९० रुपैयाँ, सलिकोको ६५० रुपैयाँ, प्रभु इन्स्योरेन्सको ६५० रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको ४९० रुपैयाँ, हिमालयन एभरेष्टको ४८० रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको ४५५ रुपैयाँ र सानिमा जिआइसीको ४२६ रुपैयाँले सबैभन्दा कम शेयरमूल्य रहेको छ ।

पछिल्लो समयको शेयर बजार उताढचडापकाबीच विभिन्न बीमा कम्पनीहरुको शेयरमूल्य घटेको छ । अधिकांश बीमा कम्पनीहरुको लाभांश घोषणा गर्नसक्ने क्षमता पनि रहेको छ । जसका कारणले तिहारमा फजुल खर्च कम गरी शेयर खरिद गर्ने सूवर्ण अवसर रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*