बीमा कम्पनीहरुको व्यवसाय १० प्रतिशतले बढ्यो, जीवन र निर्जिवन बीमाको योग्दान कति ? (विवरणसहित)

२७ कार्तिक २०८०, सोमबार १७:०७

काठमाडौं । जीवन बीमा कम्पनीहरुको कुल जीवन बीमाशुल्क १४ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज मसान्तसम्मको विवरण अनुसार कुल जीवन बीमाशुल्क संकलन १४.०५ प्रतिशतले बढेको हो । निर्जीवन बीमा शुल्कमा भने ठूलो अन्तर आएको छैन । निर्जीवन बीमाशुल्क संकलन भने ३.५८ प्रतिशतले बढेको छ ।

यस्तै, कुल जीवन बीमालेख संख्या शून्य दशमलव ११ प्रतिशत र कुल निर्जीवन बीमालेख संख्या शून्य दशमलव ७३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सुरु तीन महिनामा एक करोड ३८ लाख ८३ हजार २५६ कुल जीवन बीमालेख रहेकोमा यो पल्ट शून्य दशमलव ११ प्रतिशत बढी अर्थात् एक करोड ३८ लाख ६७ हजार ५८१ रहेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म निर्जीवन बीमालेखको संख्या छ लाख ८९ हजार ४६८ थियो भने यो आर्थिक वर्षमा छ लाख ८४ हजार ४३६ छ ।

यस्तै, म्यादि, लघुम्यादि र वैदेशिक रोजगारसहित बीमाको दायरामा आउने बीमालेख संख्यामा पनि गत आर्थिक वर्षको तुलनाका केही बृद्धि भएको छ । गएको आर्थिक वर्षको सुरु तीन महिनामा त्यस्तो जनसंख्या प्रतिशत ४३.६२ प्रतिशत रहेकामा यो वर्ष ४३.४२ प्रतिशत देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*