एलआईसी नेपालको कुल बीमाशुल्क आर्जन घट्यो, मुनाफा बढ्यो

३० कार्तिक २०८०, बिहीबार ०६:३९

काठमाडौं । एलआईसी नेपालले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । पहिलो त्रैमासको अवधिमा कम्पनीले ४ अर्ब ५१ करोड कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कुल बीमा शुल्क आर्जनमा यस त्रैमासमा गिरावट आएको छ । कम्पनीको कुल बीमा शुल्क आर्जन शुन्य दशमलव १७ प्रतिशतले घटेको छ ।

कम्पनीको मुनाफा भने वृद्धि भएको छ । पहिलो त्रैमासको अवधिमा कम्पनीको मुनाफा ८८ प्रतिशतले बढेर करोड ९७ लाख पुगेको छ। गत आर्थिक वर्ष सोही अवधिमा नाफा ३ करोड १६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

कम्पनीको अभिकर्ता कमिशन खर्च गत बर्षको तुलनामा ५ करोड घटेको छ । प्रथम त्रैमासको अवधिसम्ममा कम्पनीले ३० करोड ६२ लाख रुपैयाँ रकम अभिकर्ता कमीशनमा खर्चिएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनप्ले ३५ करोड ६६ लाख रुपैया रकम खर्चिएको थियो ।

२ अर्ब ६५ करोड चुक्ता पुँजी भएको कम्पनीको जीवन बीमा कोष ९७ अर्ब ८८ करोड रुपैया रकम सचिति रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*