तिहारमा ४ भाईले दिदीलाई दिए सूर्यज्योति लाइफको बीमा पोलिसी उपहार

३० कार्तिक २०८०, बिहीबार १२:००

काठमाडौं । बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । मानिसहरुमा बीमाको जनचेतना बृद्धि भएसँगै अनावश्यक फजुल खर्चको सट्टामा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ ।

यसैक्रममा काठमाडौंको टोखा नगरपालिकामा ठेगाना भएका ४ भाईहरुले आफ्नो दिदीलाई उनको जीवन रक्षावरणको उदेश्यले बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले सूर्यज्योति लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार दिएका हुन् ।

तिहारमा दिदी पबित्रा आचार्यलाई भाईहरु राम प्रसाद आचार्य, हरि आचार्य, उमेश आचार्य र पेशल आचार्यले आफ्नो दिदीलाई उक्त बीमा पोलिसी उपहार दिएका हुन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*