सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा १२८ प्रतिशतले बढ्यो, बीमा कोष भरीपूर्ण

१ मंसिर २०८०, शुक्रबार १०:३४

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा सय प्रतिशतभन्दा बढीले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको नाफा १२८ दशमलव ३८ प्रतिशतले वृद्धि भई ११ करोड ८ लाख पुगेको छ । गएको आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ४ करोड ८५ लाख रुपैयाँ थियो ।

यो आर्थिक वर्षको पहिलो ३ महिनाको अवधिमा कम्पनीले १ अर्ब ५१ करोड कुल बीमाशुल्क कमाएको छ । कुल बीमाशुल्क आर्जनबाट कम्पनीले ८ करोड २७ लाख रुपैयाँ पुनर्बीमा वापत खर्चिएको छ भने १ अर्ब ४३ करोड खुद बीमाशुल्क आर्जन गरेको छ । कुल बीमाशुल्क आर्जनको वृद्धि समेत १६० दशमलव १६ प्रतिशतले बढी हो ।

कम्पनीले यो तीन महिनाको अवधिमा अभिकर्ता कमिशन अन्तर्गत १५ करोड १२ लाख खर्र्चिएको छ । गएको आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले ७ करोड २० लाख रुपैयाँ खर्च गरेको थियो । कुल ४ अर्ब १८ करोड चुक्ता पूँजी भएको सानिमा रिलायन्सको सञ्चित मुनाफा ८२ करोड ४६ लाख छ ।

अन्य इक्वीटी १ करोड ९९ लाख पुगेको छ भने जीवन बीमा कोष गएको असार मसान्तको तुलनामा ८ दशमलव ३१ प्रतिशतले बढेर ११ अर्ब ८२ करोड पुगेको छ । असार मसान्तमा कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ९१ करोड थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*