ओरिएण्टल इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २३ प्रतिशतले बढ्यो, यस्तो छ समग्र वित्तीय अवस्था

१ मंसिर २०८०, शुक्रबार ११:१५

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आर्जन बढेको छ । चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार कुल बीमाशुल्क आर्जन र नाफा दुबै घटेको देखिए पनि खुद बीमाशुल्क आर्जन भने बढेको हो ।

कम्पनीले १६ करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा कम्पनीले १३ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गएको आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २३ प्रतिशतले बढेको हो ।

पहिलो तीन महिनामा कम्पनीले १ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ओरिएण्टलले ५ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो । यो पल्ट नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले २५ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २९ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कुल बीमाशुल्क आर्जन समेत घटेको छ । समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ८ करोड ७९ लाख रुपैयाँ खर्चिएको छ । गएको आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १५ करोड ४८ लाख खर्चिएको थियो । अभिकर्ता कमिशनमा कम्पनीले १ करोड ८१ लाख रुपैयाँ खर्चिएको छ ।

२५ करोड ११ लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीको महाविपद जगेडा कोषमा ५ करोड ६९ लाख रुपैयाँ छ । अन्य इक्विटीमा १ अर्ब ७८ करोड ५१ लाख रुपैयाँ छ । सञ्चिति जगेडा कोषमा २२ करोड २ लाख रुपैयाँ छ । कम्पनीको सोल्भेन्सी रेसियो भने १.५ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*