पहिलो त्रैमासमा तीन अर्ब ६४ करोडको बीमा पोलिसी सरेण्डर, कुनको कति ?

१ मंसिर २०८०, शुक्रबार १४:५४

काठमाडौं । पहिलो त्रैमासको अवधिसम्ममा साढे तीन अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएका छन् ।नेपाल बीमा प्राधिकरणका अनुसार गत साउन महिनादेखि यस अवधिमा २९ हजार १२० बीमितले तीन अर्ब ६४ करोड ८२ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको हो ।

गत साउन महिनाको तुलनामा भदौमा पोेलिसी सरेन्डर गर्नेको संख्या घटेपनि असोजमा फेरी बढेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । प्राधिकरणका अनुसार साउनमा १४ जीवन बीमा कम्पनीका ९ हजार ७९८ बीमितले एक अर्ब २८ करोड ३३ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका थिए ।

त्यस्तै, भदौमा उक्त संख्या घटेको थियो । यस अवधिमा ९ हजार ३८६ बीमितले एक अर्ब १८ करोड २० लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका थिए । असोज मसान्तसम्म आइपुग्दा यो संख्या बढेको छ । असोजमा ९ हजार ९३६ बीमितिले एक अर्ब १८ करोड २९ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् ।

प्राधिकरणका अनुसार असोज महिनामा नेपाल लाइफ इन्स्योरेन्सका बीमितिले सर्वाधिक पोलिसुी सरेन्डर गरेका छन् । यस अवधिमा उक्त कम्पनीका २ हजार ६४९ बीमितले ३८ करोड ९३ लाख ९९ हजार रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका हुन् । गत भदौमा यस कम्पनीका २ हजार ५४२ बीमितले ४० करोड २९ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका थिए ।

चालु आर्थिक वर्षको असोज महिनामा राष्ट्रिय बीमा संस्थानका एक हजार ६५ बीमितले ९ करोड ७१ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । गत भदौमा सो कम्पानीका एक हजार १३४ बीमितले ९ करोड ८१ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका थिए ।

त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नौं करोड ४९ लाख रुपैयाँ बराबरको ८४९ वटा, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको २६ करोड २ लाख रुपैयाँ बराबरको एक हजार ८१५ वटा बीमालेख सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, असोजमा मेट लाइफको तीन करोड ६७ लाख ४१ हजार रुपैयाँको ४०८ वटा, एशियन लाइफको ६ करोड ५१ लाख रुपैयाँ बराबरको ७५८ बीमालेख, आईएमई लाइफ इन्स्योरेन्सको एक करोड ५२ लाख नौं हजार रुपैयाँ बराबरको १६४ वटा र सन नेपाल लाइफको ७९ लाख ८० हजार रुपैयाँ बराबरको ७५ बीमालेख सरेन्डर भएका छन् ।

प्राधिकरणका अनुसार यस अवधिमा रिलायबल नेपाल लाइफका १६४ बीमितले ९५ लाख ६२ हजार रुपैयाँ बराबरको बीमा लेख सरेन्डर गरेका छन् भने सिटिजन लाइफ नेपालका २५६ बीमितले असोजमा एक करोड १४ लाख १८ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन् ।

त्यसैगरी, सूर्यज्योति लाइफको आठ करोड ८५ लाख रुपैयाँ बराबरको ६२१ वटा, सानिमा रिलायन्स लाइफको एक करोड ६१ लाख रुपैयाँको १४३ वटा, हिमालयन लाइफको सात करोड ७७ लाख रुपैयाँ बराबरको ८५५ वटा र प्रभु महालक्ष्मी लाइफको एक करोड २६ लाख ८५ रुपैयाँ बराबरको ११४ बीमालेख सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*