सुर्यज्योती लाइफको नयाँ ´सहि याेजना` जीवन बीमा योजना सार्वजनिक

१ मंसिर २०८०, शुक्रबार १६:३०

काठमाडाैं । सुर्यज्याेति लाइफ इन्स्याेरेन्स कम्पनीले नेपालकै पहिलाे र कम प्रिमियम भएकाे नयाँ बीमा पाेलिसी आज सार्वजनिक गरेकाे छ ।
बीमाकाे पेनिट्रेशन बढ्दाे क्रममा रहेकाे बताउँदै जीवन बीमा सामान्य, सरल र उच्च जाेखिम बहन क्षमता हुनुपर्ने अध्ययनकाे निष्कर्ष प्रस्तुत गरे ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल र सुर्यज्याेति लाइफका अध्यक्ष केशव प्रसाद भट्टराइले संयुक्त रूपमा आजबाट शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा सुर्यज्याेति लाइफका सिइओ प्रकाश बिक्रम खत्रीले आजै शुभारम्भ गरेकाे नयाँ प्रडक्टकाे बारेमा प्रस्तुतिकरण दिएका थिए ।

कम्पनीले आज सार्वजनिक गरेकाे नयाँ बीमा पाेलिसी नेपालकै सबैभन्दा सस्ताे बीमा पाेलिसी भएकाे दावी कम्पनीका सिइओ प्रकाश बिक्रम खत्रीले गरे । कार्यक्रममा सिईओ खत्रीले नेपालमा अण्डर ईन्स्याेरेन्स भइरहेकाे बताउँदै बीमाकाे दायरा अझै बढाउन सकिने बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*