तीन ठूला जीवन बीमा कम्पनी नेपाल लाइफ,नेशनल र एलआईसी नेपाललाई दाँजेर हेर्दा, कसको वित्तिय अवस्था कस्तो?

१ मंसिर २०८०, शुक्रबार १८:२९

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स, एलआईसी नेपाल र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नेपालका तीन ठूला स्थापित जीवन बीमा कम्पनी हुन् ।नेपाल लाइफ लाइफ जीवन बीमा कम्पनीहरुले गरेको व्यापारको हिसाबले नेपाल लाइफ एक नम्बरमा पर्छ ।

जीवन बीमा कम्पनीमा पहिलो स्थान नेपाल लाइफको छ । नेपाल लाइफ, एलआईसी (नेपाल) र नेशनल लाइफ तीनवटै कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । एनएफआरएसको आधारमा यी तीन कम्पनीले नै वित्तिय विवरण तयार गरिसकेका छन् ।

नेपाल लाइफ एलआईसी र नेशनल लाइफ तीनै कम्पनी प्रतिस्पर्धी कम्पनी हो । नेपाल लाइफ नेपालको सबैभन्दा ठूलो कम्पनी हो भने नेशनल लाइफ इन्स्योरेन्स कम्पनी पहिलो नम्वरमा पुग्ने उद्देश्य लिएर तीव्र प्रगति गरिरहेको कम्पनी हो । एलआईसी नेपाल पनि अग्रस्थान रह्ने कम्पनी हो ।

तीन कम्पनीका बीचमा तथ्याङ्कमा अझै धेरै ग्याब त छ तर बृद्धिका आधारमा कतिपय कुराहरुमा नेशनल लाइफ र एलआईसी नेपालले लिड गर्ने अवस्था आउन लागेको तथ्याङ्कले औल्याएको छ ।

प्रकाशित वित्तीय विवरण अनुसार तीन कम्पनीको तुलनात्मक अध्ययन तथ्याङ्कको आधारमा हेरौं ।

चुक्ता पुँजिको आधारमा
चुक्ता पुँजिको आधारमा हेर्ने हो भने नेपाल लाइफ अग्रस्थानमा रहेको कम्पनी छ । कम्पनीको हालको चुक्ता पुँजि ८ अर्ब २० करोड रुपैयाँ रहेको छ।
दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीको हालको चुक्ता पुँजि ५ अर्ब १ करोड रुपैयाँ रहेको छ।
तेस्रोमा एलआईसी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीको हालको चुक्ता पुँजि २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। कम्पनीले ८६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको छ। कम्पनीले हकप्रद शेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजि ४ अर्ब ९३ करोड ५२ लाख रुपैयाँ पुग्नेछ ।

जीवन बीमा कोषको आधारमा
जीवन बीमा कोषको आधारमा हेर्ने हो भने नेपाल लाइफ अग्रस्थानमा रहेको छ । कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ७५ करोड रुपैयाँ रकम संचिती रहेको छ।
दोस्रोमा एलआईसी नेपाल अग्रस्थानमा रहेको छ । कम्पनीको जीवन बीमा कोषमा १ खर्ब १० अर्ब रुपैयाँ रकम संचिति रहेको छ।
तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीको जीवन बीमा कोषमा ६८ अर्ब ८ करोड रुपैयाँ रकम संचिती रहेको छ।

जगेडा कोषको आधारमा
जगेडा कोषको आधारमा हेर्ने हो भने नेपाल लाइफ अग्रस्थानमा रहेको छ । कम्पनीको जगेडा कोषमा १ खर्ब ८४ करोड रुपैयाँ रकम संचिती रहेको छ।
एलआईसी नेपालको जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ रकम संचिती रहेको छ।
तेस्रोमा नेशनल लाइफको जगेडा कोषमा ९७ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

कूल बीमा शूल्क आम्दानी
कूल बीमा शुल्क आम्दानी नेपाल लाइफको १० अर्ब रुपैयाँ रहेको छ भने नेशनल लाइफको चार अर्ब र एलआईसी नेपालको ४ अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

कूल आम्दानीको आधारमा
तीन कम्पनीमध्ये नेपाल लाइफको कूल आम्दानी १५ अर्ब रुपैयाँ रहेको छ ।
एलआईसी नेपालको ७ अर्ब ३८ करोड रुपैयाँ रहेको छ।
त्यस्तै, नेशनल लाइफको कूल आम्दानी पाँच अर्ब ७९ करोड रुपैयाँ रहेको छ । कूल खर्चको आधारमा नेपाल लाइफको १४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ भने नेशनल लाइफको पाँच अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

खुद मुनाफाको आधारमा
नेपाल लाइफ र नेशनल लाइफ लगभग नजिकै देखिएको छ ।
नेपाल लाइफले १५ करोड ७९ लाख ३० हजार मुनाफा कमाउँदा नेशनल लाइफले १३ करोड दुई लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
एलआईसी नेपालको ५ करोड ९७ लाख रुपैयाँ रहेको छ।

प्रतिशेयर आम्दानीको आधारमा
प्रतिशेयर आम्दानीको आधारमा नेशनल लाइफको १० रुपैयाँ प्रतिशेयर आम्दानी रहेको छ भने नेशनल लाइफको ८ रुपैयाँ रहेको छ । नेटवर्थ प्रतिशेयर १२९ रुपैयाँ नेशनलको हुँदा नेपाल लाइफको १२५ रुपैयाँ रहेको छ ।
एलआईसी नेपालको प्रतिशेयर आम्दानी ९ रुपैयाँ रहेको छ।

One thought on “तीन ठूला जीवन बीमा कम्पनी नेपाल लाइफ,नेशनल र एलआईसी नेपाललाई दाँजेर हेर्दा, कसको वित्तिय अवस्था कस्तो?

  1. नरेन्द्र says:

    बोनसको इन्डीकेटर चाहिँ खोइ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*