अण्डरराईटिङ राम्रो बनाउन सकेनौं, पैसा मात्रै हेर्ने प्रवृत्ति दोहोरिरहेको छः अध्यक्ष सुर्य प्रसाद सिलवाल

१ मंसिर २०८०, शुक्रबार १८:२३

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले नेपाली बीमा क्षेत्रमा अण्डरराईटिङ राम्रो बनाउन नसकिएको भन्दै बीमा कम्पनीहरुप्रति गुनासो गरेका छन् । अध्यक्ष सिलवालले आज काठमाडौंमा आयोजित कार्यक्रममा बीमा कम्पनीहरुले पैसा मात्रै भित्राउन चाहने र अण्डरराईटिङलाई वेवास्ता गर्ने प्रवृत्ति दोहोरिरहेको भन्दै सरकारले कानुनको डण्डा चलाउन बाध्य नपार्न चेतावनी दिएका छन् ।

काठमाडौंमा बोल्दै अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रमा मौलाएको प्रवृत्ति उजागर गर्दै भने, ‘बीमाको जोखिमाङ्क अर्थात अण्डरराईटिङलाई राम्रो बनाएनौं, हामीलाई पैसा चाहियो ! त्यो मान्छेको स्रोत के हो ? त्यो मानिसले बीमा प्रिमियम तिर्न सक्ने ल्याकत राख्छ कि राख्दैन ? त्यही मान्छेको कागजात पेश भएको हो वा होइन ? बस ! पैसा आयो सकियो ।’ त्यो समस्या आजको दिनमा पनि दोहोरिँदै आएको छ ।

‘वितगमा प्रतिबद्धता जनाइएको थियो, बजार राम्रो हुँदै गइरहेको थियो, त्यही कुरा फेरि पनि अटेर गरेर दोहोर्याउने हो भने प्राधिकरणसँग कारवाही गर्नुको विकल्प नै छैन, अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले चेतावनी दिँदै भने । अध्यक्ष सिलवालले गलत गर्ने कम्पनीहरुलाई कानुनको डण्डा चलाउनैपर्ने दायित्व बोकेको प्राधिकरण बाध्य हुने चेतावनी दिएका छन् ।

अध्यक्ष सिलवालले बीमा कम्पनीहरुलाई बीमाबारे सचेतना फैलाउन, बीमाबारे प्रचार प्रसार गर्न, अण्डरराईटिङ प्रक्रिया बलियो बनाउन, समयमा दावी भुक्तानी गर्न, बीमा पोलिसीहरु अध्ययन अनुसन्धानमा आधारित भएर तयार पार्न बीमा कम्प्नीहरुलाई आह्वान गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*