सुर्यज्योति लाइफको ‘सही प्लान’ बीमा पोलिसीः ४० हजारमा २५ लाखको जोखिम बहन

१ मंसिर २०८०, शुक्रबार १९:०३

काठमाडौं । सुर्य ज्योति लाइफले नेपालमै पहिलो पटक सुरुवात भएको दावी सहित ‘सही प्लान’ नामक नयाँ बीमा पोलिसी बजारमा ल्याएको छ । सुर्यज्योति लाइफले आजीवन म्यादी जीवन बीमा पोलिसीको बीमा प्रिमियम सबैभन्दा सस्तो रहेको कम्पनीले जनाएको छ ।

बीमा अवधीभर तिरेको सम्पूर्ण रकम बीमित ७० वर्षको उमेर पुरा भएपछि फिर्ता पाइने कम्पनीले जनाएको छ । त्यस्तै, बीमा शुल्क तिरेको प्रिमियमको छ गुणासम्म जोखिम बहन गर्ने नयाँ बीमा पोलिसी बजारमा ल्याएको कम्पनीले जनाएको छ । सो बीमा पोलिसीको औपचारिक रुपमा शुरुवात गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले अध्ययन अनुसन्धानमार्फत नयाँ बीमा पोलिसी ल्याएकोमा सफल हुने विश्वास व्यक्त गरेका छन् ।

सही प्लान बीमा पोलिसीमा बार्षिक ४० हजार बीमा शुल्क तिरेर २५ लाखको जोखिम रक्षावरण गर्न सकिने कम्पनीले जनाएको छ ।

बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नै प्रसंशा गरेको सूर्यज्योति लाइफको सही प्लान नामक बीमा पोलिसीका विशेषताहरु के के छन् त ?

क) कम प्रिमियममा बढि जोखिम रक्षावरण
सुर्यज्योति लाइफले आज सार्वजनिक गरेको सही प्लान नामक बीमा पोलिसी कम प्रिमियममा सर्वाधिक जोखिम बहन गर्ने नेपालकै एक मात्र बीमा पोलिसी हो । बीमा प्रिमियमको छ गुणा बढि जोखिम बहन हुने हुँदा उक्त बीमा पोलिसी कम प्रिमियम र बढि जोखिम बहन गर्न समक्ष हुनेछ ।

ख) बीमा अवधी समाप्तपछि पनि निरन्तर जोखिम बहन
सही प्लान बीमा पोलिसी बीमा अवधी समाप्त भएपछि पनि निरन्तर जोखिम बहन गरिरहने बीमा पोलिसी भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बीमा अवधी समाप्त भएपछि पनि होल लाइफको जोखिम कभरेज गरिरहेको हुनेछ ।

ग) बीमा प्रिमियम फिर्ता पाउने बीमा पोलिसी
सुर्यज्योति लाइफले आज सार्वजनिक गरेको सही प्लान नामक बीमा पोलिसी बीमा प्रिमियमबापतको रकम फिर्ता गर्ने एक बीमा पोलिसी हो । ७० वर्षको उमेरमा प्रिमियमबापत बीमितले बुझाएको सम्पूर्ण रकम फिर्ता पाइने बीमा कम्पनीले जनाएको छ ।

घ) प्रावधानहरु
१. न्यूनतम् बीमाङ्क रकमः पाँच लाख रुपैयाँ ।
२. न्यूनतम् प्रवेश उमेरः १८ वर्ष ।
३. अधिकतम् प्रवेश उमेरः ६० वर्ष ।
४. अधिकतम् बीमा शुल्क भुक्तानी समाप्त उमेरः ६५ वर्ष ।
५. न्यूनतम् भुक्तानी अवधीः पाँच वर्ष ।
६. बीमा शुल्क भुक्तानी तरिकाः एकल/बार्षिक/अर्धबार्षिक/त्रैमासिक

ङ) अतिरिक्त सुविधाहरुः
१. दुर्घटनाको कारण मृत्यु भएमा दोहोरो बीमा लाभ ।
२. दुर्घटनाबाट पूर्ण अशक्त भएमा (अधिकतम् एक करोड रुपैयाँसम्म) बाँकी अवधीको बीमा शुल्क छुट र बीमाङ्कको आधारमा कम्तीमा १० वर्षसम्म मासिक असक्त सुविधा ।
३. ३५ घातक रोगका विरुद्ध ५० लाखसम्मको घातक रोगको उपचार खर्च सुविधा ।
४. सहुलियत दरमा नियम अनुसार ऋण लिन पाइने ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*