शेयर बजारमा बीमा कम्पनीको उत्साहपूर्ण कारोबार, कुनको कति ? (सूचीसहित)

राजन कठायत
९ मंसिर २०८०, शनिबार ११:४६

काठमाडौं । यो साता बीमा क्षेत्रको शेयर कारोबारमा हरियाली छाएर बन्द भएको छ । बिहीबार शेयर बजार ९.८७ अंकले बढेर १८६०.२० को विन्दुमा कायम भएको छ ।

बिहीबार बीमा क्षेत्रका २३ कम्पनीहरुको शेयर कारोबार भएको थियो । जसमा यो साता कारोबार बन्द भएको दिन बिहीबार २३ कम्पनीमध्ये १ वटा कम्पनीको मात्र शेयरमूल्य घटेको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जीवन बीमा र निर्जीवन बीमा उपसूचकमा हरियाली छाउदै बन्द भएको थियो । बिहीबार जीवन बीमा उपसूचक ३.३७ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.८६ प्रतिशतले बृद्धि भएको छ ।

जीवन बीमा कम्पनी
बिहीबार नेप्सेमा ११ वटा जीवन बीमा कम्पनीको कारोबार भएको छ । जसमा ११ वटै कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ । नेप्सेका अनुसार यो साता कारोबारको अन्तिम सातामा सानिमा रिलायन्स लाइफको सबैभन्दा बढी प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ । कम्पनीको शेयरमूल्य ८ दशमलव २५ प्रतिशतले बृद्धि भई ४५९ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, एलआइसी नेपालको एक हजार ३५५ रुपैयाँ, नेपाल लाइफको ६५६ रुपैयाँ, एशियन लाइफको ६१८ रुपैयाँ, नेशनल लाइफको ५५५ रुपैयाँ, सूर्यज्योति लाइफको ४९६ रुपैयाँमा शेयर कारोबार भएको थियो ।

निर्जीवन बीमा कम्पनी
यो साता कारोबारको अन्तिम दिन १२ निर्जीवन बीमा कम्पनीहरु शेयर कारोबार भएको थियो । जसमा ११ कम्पनीको शेयरमूल्य बृद्धि र १ वटा कम्पनी शेयरमा गिरावट आएको थियो ।

नेप्सेका आधारमा बिहीबार सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीको ६.३१ प्रतिशतले सबैभन्दा बढी शेयरमूल्य बृद्धि भएको थियो ।

त्यस्तै, सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको १३ हजार २२० रुपैयाँमा शेयर कारोबार भएको थियो । जुन निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी हो ।

यो साता कारोबारको अन्तिम दिन नेको इन्स्योेरेन्सको ७९२ रुपैयाँ, नेपाल इन्स्योेरेन्सको ७८४ रुपैयाँ, शिखर इन्स्योरेन्सको एनएलजि इन्स्योरेन्सको ७११ रुपैयाँ र सलिकोको ७११ रुपैयाँले कारोबार भएको थियो । यी बाहेक अन्य बीमा कम्पनीको ७ सय रुपैयाँभन्दा कम रुपैयाँमा कारोबार भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*