बीमा कम्पनीमा एनएफआरएस–१७ लागू, बीमा कम्पनीहरुको वास्तविक मुनाफा र दाबी भुक्तानीको व्यवस्थामा परिर्वतन

रिना खत्री
६ मंसिर २०८०, बुधबार १४:१७

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीमा नेपाल फाइनान्सियल रिर्पोटिङ स्टाण्डर्ड (एनएफआरएस) १७ लागू गरेको छ । चालु आवको त्रैमासिक वित्तीय विवरणमा बीमा कम्पनीहरुले एनएफआरएस १७ बमोजिमकै वित्तीय विवरण प्रकाशन गरेका छन् ।

बीमा कम्पनीहरूले प्रथम त्रैमासको वित्तिय विवरणमा लेखापरीक्षणको गुणस्तर अभिवृद्धि, नेपाल वित्तीय प्रतिवेदन मान–१७ (एनएफआरएस १७) लागू गरेका छन् ।

बीमा प्राधिकरणको संचालक समितिको बैठकले बीमा कम्पनीहरुलाई बार्षिक वित्तीय विवरण एनएफआरएस बमोजिम तयार गर्न निर्देशन दिए बमोजिम नै बीमा कम्पनीहरुले सो बमोजिम पहिलो पटक एनएफआरएस १७ अन्तर्गत वित्तिय विवरण तयार गरेका छन् ।

नेपाल वित्तीय प्रतिवेदन मान–१७ (एनएफआरएस १७) कार्यान्वयन, नयाँ प्रविधि अवलम्वन र जनशक्ति विकास लगायतका विषयमा बीमा प्राधिकरण र आइक्यानको लामो छलफलपछि एनएफआरएस १७ लागू भएको नेपाल बीमा प्राधिकरणले जनाएको हो ।

एनएफआरएस १७ लागू भएको पहिलो अभ्यास भएकोले बीमा कम्पनीहरुलाई केही समस्या देखिएमा पहिलो पटकको लागि सच्याउन छुट दिने  जनाएको छ । एनएफआरएस १७ को नयाँ व्यवस्था अन्तर्गतको कम्पनीको वेवसाईटमा पनि कम्पनीहरुले वित्तिय विवरण पेश गनुपर्ने हुन्छ । सो बमोजिम नेको इन्स्योरेन्स कम्पनी बाहेक सबै बीमा कम्पनीहरुले वित्तीय विवरण पेश गरिसकेका छन् ।

बीमा ऐन २०७९ अन्तर्गत बीमा कम्पनीहरुले पहिलो त्रैमासको रिर्पोट कात्तिक मसान्तसम्ममा पेश गनुपर्नेहुन्छ । प्राधिकरणको नयाँ व्यवस्था लागू भएसँगै बीमा कम्पनीहरुले अघिल्लो आर्थिक बर्षहरुमा झै आलटाल र फरक वित्तिय विवरण सार्वजनिक गर्न नपाउने भएका छन् । यसअघि एनएफआरएस नौ र कतिपय कम्पनीहरुले सो व्यवस्था पनि लागू नगर्ने गरेका थिए । कम्पनीहरुले फरक फरक शैलीको वित्तिय विवरण पेश गर्ने शैलीको कारण वित्तिय विवरण आम लगानीकर्ता र सर्वसाधारण नै अलमलमा परेका छन् ।

एनएफआरएस वित्तीय कम्पनीहरूले वित्तीय विवरण बनाउने एउटा अन्तरराष्ट्रिय प्रणाली हो । नेपालले इन्टरनेशनल फाइनान्सियल रिपोर्टिङ स्यान्डर्ड (आईएफआरएस) लाई ग्रहण गरेर नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड नाम राखेको हो ।

यसमार्फत वित्तीय विवरण प्रस्ततु गर्दा अन्तरराष्ट्रिय वित्तीय कम्पनी र नेपालको वित्तीय कम्पनीको अवस्था सहज रूपमा तुलना गर्न सक्ने विश्वास लिएको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

नेपालमा यो प्रणाली भित्रिएको सात–आठ वर्ष नै भइसकेको छ । तर, बीमा कम्पनीहरूमा भने यो व्यवस्था लागू भएको थिएन । पहिलो चरणमा आव २०७५÷७६ मा वाणिज्य बैंकहरूमा मात्र यो व्यवस्था लागू गरिएको थियो । त्यसपछि अन्य वित्तीय संस्थाहरूमा क्रमशः लागू गर्दै अहिले बीमाक्षेत्रमा पनि यो प्रणाली भित्राइएको हो ।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार एनएफआरएसको उचित प्रयोग गर्न लामो समयदेखिको अभ्यासले सफल भएको बताए । हाललाई पुनर्बीमा र जीवन निर्जीवन बीमा कम्पनीहरूलाई मात्र यो व्यवस्था लागू गरिएको उनले बताए । उनले अब एनएफआरएस प्रणालीबाट वित्तीय विवरण सार्वजनिक गर्दा कम्पनीहरूको वित्तीय विवरणसम्बन्धी द्विविधा पनि हट्ने बताए ।

‘एनएफआरएस लागू नहुँदा बीमा कम्पनीहरूको वित्तीय विवरणको संरचना नै अन्य भन्दा फरक देखिएको थियो, फलस्वरूप कहिलेकाहीँ एकअर्कामा तुलना गर्दा द्विविधा पनि हुन्छ,’ उनले भने, ‘तर, अब एउटै मोडेलमा बीमा कम्पनीहरूको वित्तीय विवरण बनिसकेको छ, अब लगानीकर्ताहरुले थप सजिलै बुझ्नेछन् ।’ अब बीमा कम्पनीहरूको वित्तीय प्रणालीमा एकरूपता आउने प्राधिकरणको विश्वास छ ।

नयाँ ऐन र एनएफआरएस १७ लागू भएसँगै नयाँ ढाँचामा बीमा कम्पनीहरुले वित्तिय विवरण पेश गनुपर्ने हुन्छ ।

 

बीमा कम्पनीहरुले वित्तिय विवरणमा मुख्य समावेश गनुपर्ने बिषयहरु यस्ता छन्,

Statement of Financial Position (SOFP) as at the end of the
period,
(1)Statement of Profit or Loss (SOPL) for the period,
(T) Statement of Other Comprehensive Income (SOCI) for the
period,
(2) Statement of Changes in Equity (SOCE) for the period, (3)Statement of Cash Flows (SCF) for the period,
(4) Statement of Distributable Profit or loss
(5) Notes to Interim Financial Statements,
(6) Segment Reporting

 

वित्तीय विवरणको ढाँचा कस्तो हुनुपर्छ ?

प्राधिकरणले एनआरफएस १७ लागू गरेपछि कम्पनीहरुले सो बमोजिम नै वित्तीय विवरण पेश गनुपर्ने हुन्छ । जीवन र निर्जिवन बीमाको व्यवसाय गर्ने र पुनर्बीमा व्यवसाय गर्ने बीमकले त्रैमासिक वित्तिय विवरणको अनुसार पेश गर्नुपर्ने हुन्छ ।

लघु जीवन बीमा व्यवसाय गर्ने बीमकले जीवन बीमा व्यवसाय गर्ने बीमकको ढाँचामा र लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको ढाँचामा वित्तीय विवरण तयार गनुपर्ने हुन्छ ।

प्राधिकरणका अनुसार सहायक कम्पनी नभएको बीमा कम्पनी  वा समूहको वित्तिय विवरण तयार गर्न नपर्ने भएको छ । एनएफआरएस १७ का अनुसार बीमा कम्पनीहरुले प्रत्येक त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दा कुनै शिर्षक अन्तर्गत रकम नरहेको भए तापनि सो शिर्षक कायमै राख्नुपर्ने व्यवस्था गरिएको छ ।

बीमकले  एनआरएफएस १७ अन्तर्गत बीमा कम्पनीहरुले दैनिक पत्रपत्रिकामा मात्रै नभई अबदेखि वेवसाईटमा पनि पेश गनुपर्ने भएको छ । कम्पनीहरुले आफनो वेवासाईटमा कुन कुन पोलिसी कति बिक्रि भए, कुन क्षेत्रमा कति लगानी गर्ने भन्ने बिषय पनि समावेश गनुपर्ने भएको छ। कम्पनीहरुले आफनो वेवसाईटमा २० पेजको विवरण पेश गनुपर्ने छ ।

 

जीवन बीमा कम्पनीको हकमा

जीवन बीमा कम्पनीहरुले प्राधिकरणबाट जारी भएको बीमकको बीमाङ्कीय मूल्यांकन सम्बन्धी निर्देशिका २०७७ बमोजिम बीमाङ्कीय मूल्यांकन गरी सोही बमोजिम दायित्व त्रैमासिक वित्तीय विवरणमा लेखाङ्कन गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसका साथै बीमाङ्कीय मूल्यांकन नभएको त्रैमासिक अवधिको लागि बीमा अवधि समाप्ती पश्चात् भुक्तानी गनुपर्ने बीमाको प्रकारको हकमा प्राधिकरणबाट जारी भएको निर्देशिका २०८० को अनुसूची ५ बमोजिम गणना गरेको सो अवधिको सम्पूर्ण बचत रकमलाई ग्रस इन्स्योरेन्स कन्ट्याक्ट ल्याबिलिटीको शिर्षकमा सार्नुपर्ने व्यवस्था रहेको छ ।

 

निर्जीवन र पुनर्बीमा बीमा कम्पनीको हकमा

निर्जिवन बीमा कम्पनीहरुले असमाप्त जोखिम वापतको व्यवस्था गर्दा प्राधिकरणबाट जारी भएको निर्जिवन तथा पुनर्बीमा व्यवसाय गर्ने बीमकको बीमाङ्कीय मूल्यांकन सम्बन्धी निर्देशिका, २०७६ को प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ ।

 

लघुबीमा कम्पनीहरुको हकमा

लघुबीमा कम्पनीहरुको हकमा एनएफआरएसले जीवनतर्फको जीवनलाई र निर्जिवन बीमातर्फको निर्जीवन कम्पनीको वित्तिय विवरण अनुसार लागू गर्न बीमा प्राधिकरणले निर्देशन दिएको छ । लघुबीमा कम्पनीहरुको हकमा वित्तिय विवरण सम्बन्धी छुटै व्यवस्था गरिएको छैन ।

 

थप भएका नयाँ व्यवस्थाहरु

बीमकले घटना घटिसकेको तर बीमकलाई जानकारी नगराएको (इन्कर्ड बट नट रिपोर्टेड) वा पर्याप्त जानकारी नगराएको बीमा दाबीको दायित्व (इन्कर्ड बट नट इनफ रिपोर्टेड) को लागि व्यवस्था गर्दा प्राधिकरणबाट जारी भएको निर्जीवन तथा पुनर्बीमा व्यवसाय गर्ने बीमकको माङ्कीय मूल्याङ्कन सम्वन्धी निर्देशिका, २०७६ बमोजिम गर्नसक्ने व्यवस्था एनएफआरसमा लागू रहेको छ ।

बीमाङ्कीय मूल्याङ्कन नभएको त्रैमासिक अवधिको निर्जीवन बीमक, पुनर्बीमक तथा लघुनिर्जीवन बीमकले घटना घटिसकेको तर बीमकलाई जानकारी नगराएको (इन्कर्ड बट नट रिपोर्टेड) वा पर्याप्त जानकारी नगराएको बीमा दाबीको दायित्व (इन्कर्ड बट नट इनफ रिपोर्टेड) को लागि देहाय बमोजिम गणना गर्दा जुन रकम बढी आउछ सो बराबरको व्यवस्था त्रैमासिक वित्तीय विवरणमा गनुपर्ने व्यवस्था रहेको छ ।

दाबी भुक्तानी वापतको व्यवस्था (खुद) को पन्ध्र प्रतिशत रकम । (ख) बीमकको देहायको सुत्र प्रयोग गरी गणना गरेको रकम निम्न अनुसार प्रस्तुत गनुपर्दछ,

(IBNR+IBNER+MAD as per actuary report)  * (Net o/s Claim as at the end of quarter)

———————————————

(Net o/s Claim as at the end of FY for which liability is calucated by actuary)

 

एनएफआरएस भनेको के हो ?

बैंक तथा वित्तीय संस्थाहरूले जस्तै बीमा कम्पनीहरूले पनि वित्तीय विवरण सार्वजनिक गर्दा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) प्रणालीअनुसार गर्नुपर्ने हुन्छ । अडिट पश्चातको वित्तीय विवरणलाई वित्तिय विवरणलाई पनि केलाएर यसले सुक्ष्म अध्ययन गर्दछ ।

एनएफआरएस वित्तीय कम्पनीहरूले वित्तीय विवरण बनाउने एउटा अन्तरराष्ट्रिय प्रणाली हो । नेपालले इन्टरनेशनल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (आईएफआरएस) लाई ग्रहण गरेर नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड नाम राखेको हो । एनएफआरएपश्चात् आएको मुनाफालाई वास्तविक मुनाफा मानिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*