सिटिजन लाइफलाई उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

८ मंसिर २०८०, शुक्रबार ०६:१२

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । भारतीय चेम्बर अफ कमर्सद्वारा आयोजित एशियन स्तरको इमर्जिङ एशिया अन्तर्राष्ट्रिय अवार्ड वितरण कार्यक्रममा उत्कृष्ट रणनीतिक बीमा व्यवसाय गर्ने कम्पनीको रुपमा सम्मानित भएको हो ।

हिजो आयोजित भव्य समारोहका बीचमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ पोषकराज पौडेलले उक्त अवार्ड ग्रहण गरेका छन् ।

यही नोभेम्वर २२ र २३ मा भारतको मुम्बईमा आयोजित को चौंथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड अन्तर्गत सिटिजन लाइफले वेष्ट स्टाटेजिज फर इन्स्योरेन्स स्प्रेडिङ अवार्डबाट सम्मानित भएको हो । बीमा कम्पनीहरु मध्ये नेतृत्वदायी भूमिका निर्वाह गर्दै बीमाको क्षेत्रमा विशेष योगदान पु¥याएका एसिया महादेश भित्रका इन्स्योरेन्स कम्पनीहरु मध्येबाट उत्कृष्ट जीवन बीमा कम्पनीलाई भारतीय चेम्बर अफ कमर्सले बिगत ४ वर्ष देखी यो अवार्ड दिँदै आएको छ ।

जीवन बीमा कम्पनी भरिमा बीमा सम्बन्धी सेवा विस्तार र बीमा सचेतना पुर्याउने कार्य योजनाबद्ध तरिकाले गरेको, जीवन बीमाको दीगो विकास लक्ष्य पछ्याएको र परम्परागत भन्दा उत्कृष्ट रणनीति अपनाएर बीमाको पहुँच बृद्धिमा योगदान पुर्याउने रुपमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई यो पुरस्कार प्रदान गरिएको हो ।

२०७४ साल कार्तिक ०२ गतेबाट सञ्चालनमा रहेकोे सिटिजन लाइफ इन्स्योरेन्स नेपालको फैलदो बीमा क्षेत्रकै उत्कृष्ट प्रतिनिधि बीमा कम्पनी हो । हाल, देश भरका १४१ शाखा, उपशाखाहरु र लगभग ६१,००० भन्दा बढी अभिकर्ताहरुबाट सेवाग्राहीहरुलाई आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिँदै गुणस्तरीय सेवा प्रवाहमा सिटिजन लाइफ इन्स्योरेन्सले दीगो र स्थीर विकास रणनीति अपनाउँदै आएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*