नेपाल लाइफलाई उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड, नतिजामुखी जीवनबीमा कम्पनीको रुपमा भारतमा सम्मानित

८ मंसिर २०८०, शुक्रबार ०६:२२

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भारतमा आयोजित आईसीसी इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड २०२३ वितरण समारोहमा उत्कृष्ट नतिजा निकाल्न सक्ने जीवन बीमा कम्पनीको रुपमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । भारतीय चेम्बर अफ कमर्सद्वारा आयोजित आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड २०२३ समारोहमा सिईओ प्रविन रमण पराजुलीलाई अन्तर्राष्ट्रिय अवार्डसहित सम्मान गरिएको हो ।

भारतको मुम्बईमा बुधबारबाट सुरु भएको सो कार्यक्रमको दोस्रो सत्र बिहिबार आयोजित भव्य समारोहका बीचमा सिईओ पराजुलीले एशियन स्तरको उक्त पुरस्कार ग्रहण गरेका छन् । नेपाल लाईफले बेष्ट आउट स्टाण्डिङ पर्फमेन्ट इन लाईफ इन्स्योरेन्स इन्डष्ट्रिज अवार्ड प्राप्त गर्न सफल भएका छन् ।

नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरु मध्ये नेपाल लाइफ सबैभन्दा ठूलो र उत्कृष्ट जीवन बीमा कम्पनी हो । एक खर्ब ७५ अर्ब जीवन बीमा कोषसहित देश विकट क्षेत्रमा समेत बीमाको विकासमा नतिजामुखी भूमिका खेलेर योगदान पुर्याएको नेपाल लाईफ इन्स्योरेन्स कम्पनी सम्मानित भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*