एलआईसीले डाक्यो २१औं साधारण सभा, के छन् प्रस्ताव ?

१० मंसिर २०८०, आईतवार ०९:४५

काठमाडौं । तारतीय स्वामित्व रहेको जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी)ले २१ औँ  वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कार्तिक १४ गते बसेको सञ्चालक समितिको १२८औँ बैठकको निर्णय अनुसार यही मंसिर १८ गते सोमबार २१औँ साधारणसभा डाकिएको हो ।

साधारण सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा सवा ११ बजेपछि सुरु हुने बताइएको छ । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरी अनुमोदन गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्नसम्मको वासलात र आर्थिक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ ।

यस्तै, लेखा परीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र लेखापरीक्षकको पारिश्रमिक तोक्ने सूची राखिएको छ । कम्पनीले प्रकाशित गरेको सार्वजनिक सूचना अनुसार कम्पनी इेन २०६३ बमोजिम यो पल्ट पनि बहालवाला लेखापरीक्षक पिएल श्रेष्ठ एण्ड कम्पनी पुनः नियुक्त हुन योग्य रहेको उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*