व्यतीत बीमालेख नवीकरणको विलम्ब शुल्कमा हिमालयन लाइफले ‘शतप्रतिशत छुट’ दिने

१० मंसिर २०८०, आईतवार १०:२५

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर २५ गतेभित्र व्यतीत बीमालेख नवीकरण गरे विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने सूचना जारी गरेको छ । कम्पनीले साविक प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतीत भएका बीमालेखहरुमा विलम्ब शुल्क (व्याज र जरिवाना)मा शतप्रतिशतसम्म छुट दिने घोषणा गरेको हो ।

जारी सूचना अनुसार बीमालेख व्यतीत अवधि ३ वर्षसम्मको लागि व्याज तथा जरिवानातर्फ नवीकरणमा शतप्रतिशत छुट दिने उल्लेख छ । यस्तै, ३ वर्षदेखि ७ वर्षसम्म बीमालेख व्यतीत भएकालाई ५० प्रतिशत र ७ वर्षदेखि माथिको बीमालेख व्यतीत भएकालाई २५ प्रतिशत छुट दिई नवीकरण गरिने कम्पनीले जनाएको छ ।

व्यतीत बीमालेखको नवीकरणमा यो सुविधा मंसिर १० गतेदेखि २५ गतेसम्म मात्रै लागू हुने र यस किसिमको व्यतीत बीमालेख नवीकरण पुनर्जागरण गर्दा दिइएको यो छुट सुविधा बीमा अवधिभर एकपटकमात्र प्रदान गरिने सूचनामा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*