राष्ट्रिय जीवन बीमा कम्पनी नयाँ लाइसेन्सको अनुमति माग्दै बीमा प्राधिकरणमा

१० मंसिर २०८०, आईतवार ११:१३

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी नयाँ जीवन बीमाको लाइसेन्सको अनुमति माग्दै नेपाल बीमा प्राधिकरणमा पुगेको छ । गत कार्तिक २१ गते राष्ट्रिय जीवन बीमा कम्पनी नेपाल सरकारको ५० करोड चुक्ता पुँजिसहित नयाँ कम्पनीको रुपमा दर्ता भएको थियो । सो कम्पनीले नयाँ जीवन बीमाको लाइसेन्सको लागि नेपाल बीमा प्राधिकरणमा पुगेको हो ।

२०२५ सालदेखि राष्ट्रिय बीमा संस्थानको रुपमा काम गर्दै आइरहेकोमा गत वर्ष जारी भएको बीमा ऐन २०७९ ले राष्ट्रिय बीमा संस्थान ऐन खारेज गरेपछि राष्ट्रिय जीवन बीमा कम्पनीको रुपमा परिणत भएको हो । नयाँ व्यवस्था अनुसार अब राष्ट्रिय बीमा कम्पनीले संस्थानले प्रयोग गर्दै आइरहेको नयाँ लाइसेन्सको औचित्य समाप्त भएकोले नयाँ लाइसेन्स लिन नेपाल बीमा प्राधिकरण पुगेको हो ।

प्राधिकरणको सञ्चालक समितिको बैठकले नयाँ लाइसेन्स दिने सम्बन्धी निर्णय गर्ने कार्य हुनेछ । नयाँ कम्पनीको रुपमा संस्थानको परिवर्तित कम्पनीले आजै भोलिसम्ममा नयाँ लाइसेन्स पाउने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*