एलआइसी नेपालले वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि बुकक्लोज गर्ने

१० मंसिर २०८०, आईतवार १२:२८

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आगामी मंसिर १८ गते २४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको उक्त वार्षिक साधारण सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा बिहान १० सुरु हुनेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर ११ गते अर्थात भोलि बुक क्लोज गर्ने भएको छ । यसर्थ बुक क्लोजको आधारमा मंसिर १० गतेसम्म कायम सेयधनीले साधारण सभामा भाग लिन पाउने छन् ।

सभाले आर्थिक वर्ष २०७८र७९ को वर्षिक प्रतिवेदन उपर छलफल तथा आव २०७९र८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*