सोनापुर मिनिरल्स र रिलायबल नेपाल लाइफको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

१० मंसिर २०८०, आईतवार १५:१७

काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्सेमा उत्साहजनक बृद्धि भएको छ । आइतबार शेयर बजार ४५ दशमलव ११ अंकले बृद्धि भई १९०५ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा हरियाली छाएसँग सोनापुर मिनिरल्सको ११ करोड रुपैयाँ र रिलायबल नेपाल लाइफको सात करोड रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको सात करोड ३७ लाख रुपैयाँ, सिटिजन लाइफको ६ करोड ३४ लाख रुपैयाँ, आइएमई लाइफको पाँच करोड ९८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

नेप्सेमा कारोबार भएका २९४ कम्पनीको ६५ लाख ३० हजार कित्ता शेयर खरिद बिक्री भई दुई अर्ब ११ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*