रिलायबल नेपालद्धारा ३१ लाख रुपैयाँ बीमा दावी रकम हस्तान्तरण

२२ मंसिर २०८०, शुक्रबार १०:०६

बुटवल । रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले रुपन्देहीका एक बीमितका परिवारलाई मृत्यु दाबीको रकम एक कार्यक्रम गरी भुक्तानी गरेको छ । सैनामैना नगरपालिका वडा नं १ ब्रम्हाडांडाका अनिल कुमार चौधरीको ४० वर्षको उमेरमा ह्रदयघातबाट निधन भएपछि परिवारलाई कम्पनीले मृत्यु दाबी बापतको रकम ३१ लाख २० हजार रुपैयाँ रकम मृतकको घरैमा पुगेर हस्तान्तरण गरिएको हो ।

सैनामैना नगरपालिकाका मेयर फणेन्द्र शर्माले मृतक अनिल कुमार चौधरीकी श्रीमती सुशिला चौधरीलाई बीमा दाबीको रकम हस्तान्तरण गर्नुभएको हो । मृतक चौधरीले रिलायबल नेपाल लाइफका सिनियर एजेन्सी उमेश गिरीमार्फत ३० लाख बीमांकको बीमा लेख खरिद गरेका थिए । मृतक चौधरीले दुई किस्ता वापत ३लाख १४ हजार रुपैयाँ बीमा शुल्क भक्तानी गरेका थिए ।

दावी भुक्तानी कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सैनामैना नगरपालिकाका मेयर फणेन्द्र शर्माले बीमा कम्पनीहरुले दावी भुक्तानी गर्न बीमा आलटाल गर्छन भन्ने गुनासोलाई घरमै गएर दावी भुक्तानी गरी उत्तर दिएको बताए । बीमा हुने खाने भन्दा हुदाँ खाने बर्गलाई झन बढी आवश्यक पर्ने बताउदै बीमाको दायरा बढाउन बीमा कम्पनीहरु शहर केन्द्रित नभइ गाउँ गाउँ जानुपर्ने बताए । साथै मेयर शर्माले बीमा कम्पनीहरुलाई प्रोत्साहन गर्न र आवश्यक सहयोगको लागि नगरपालिका सदैव तयार रहेको बताए ।

कार्यक्रमको अध्यक्षता रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि लुम्बिनी प्रदेशका उप प्रमुख ईश्वर पाण्डेयले गरेका थिए । सन्चालन मणिग्राम शाखाका प्रमुख विष्णु मुराउले गरेका थिए । कार्यक्रममा रिलायबल नेपाल लाइफका एजेन्सी उमेश गिरीले दुर्घटना जानकारी दिएर न आउने बताउदै वचत र सुरक्षाको लागि सबैले आफ्नो क्षमता अनुसारको जीवन बीमा गर्नुपर्ने कुरा बताए । कार्यक्रममा सिनियर एजेन्सीहरु माधव भुसाल, सिनियर एजेन्सी शालिकराम वोस्तिले आफ्नो मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीकी सदस्य मन्जु परियार, सैनामैना नगरपालिका वडा नं १ का वडा अध्यक्ष भुवन क्षेत्री, सैनामैना सामुदयिक वनका उपाध्यक्ष जीतबहादुर गाहा, रिलायबल नेपाल लाईफ इन्स्योरेन्स, बुटवल शाखाका मार्केटिङ अफिसर गणेश प्रसाद पाण्डे, महेन्द्र थापा, भैरहवा शाखाका प्रमुख गणेश गैरे, देवदह शाखाका प्रमुख कमला रायमाझी, मुर्गिया शाखाका प्रमुख रेशम शाह, जीतपुर शाखाका प्रमुख राम प्रसाद अधिकारी, मृतकका परिवार तथा छिमेकीहरुको समेत उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*