ग्लोबल आइएमई बैंकले बेच्दै रिलायबल नेपाल लाइफको ४६ लाख कित्ता संस्थापक शेयर
२० कार्तिक २०८३, शुक्रबार ०९:५४

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ४६ लाख ७७ हजार १२० कित्ता संस्थापक सेयर बिक्री हुने भएको छ। कम्पनीका संस्थापक सेयरधनी ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको उक्त सेयर बिक्री गर्न प्रक्रिया अघि बढाएको हो।
बैंकले आफ्नो नाममा रहेको सम्पूर्ण ४६ लाख ७७ हजार १२० कित्ता संस्थापक सेयर बिक्रीका लागि निवेदन दिएको जनाएको छ।











