शेयर बजारमा उछाल आउदा ६ बीमा कम्पनीको कारोबार सर्वाधिक, यस्तो छ आज बीमा कम्पनीहरुको शेयरमूल्य (सूचीसहित)

२४ मंसिर २०८०, आईतवार १४:३५

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा तेस्रो पटक पोजेटिभ सर्किट लागेर आजको लागि कारोबार स्थगित भएको छ । दोस्रो पटक सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बन्द भएको नेप्सेमा पुनः तेस्रो पटक सर्किट लागेपछि आजलाई कारोबार बन्द भएको हो ।

साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा तेस्रो पटक सर्किट लागेसँगै बीमा क्षेत्रका सबै कम्पनीको शेयरमूल्यमा उछाल आएको छ । आइतबारको सर्वाधिक कारोबारमा बीमा क्षेत्रमा ६ कम्पनीहरु शीर्ष स्थानमा रहेका छन् । जसमा नेपाल इन्स्योरेन्सको दुई करोड १८ लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, रिलायबल नेपाल लाइफको मात्रै ९ मिनेटमा एक करोड ९८ लाख रुपैयाँ र सन नेपाल लाइफको एक करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । हिमालयन लाइफको एक करोड ६७ लाख रुपैयाँ, सिटिजन लाइफको एक करोड ५२ लाख रुपैयाँ र हिमालयन एभरेष्टको एक करोड २९ लाख रुपैयाँमा शेयर कारोबार भएको छ ।

जीवन बीमा कम्पनी
आइतबार जीवन बीमा उपसूचक ५ दशमलव ३० प्रतिशत अर्थात ५३३ दशमलव ३५ अंकले बृद्धि भएर १० हजार ९८६ दशमलव ३७ को विन्दुमा कायम भएको छ । जीवन बीमा उपसूचकमा कारोबार भएको कम्पनीहरुमध्ये आज एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ । कम्पनीको शेयरमूल्य ७ दशमलव ५३ प्रतिशतले बृद्धि भएर ६७१ रुपैयाँमा कारोबार भएको छ ।

यसका साथै, सूर्यज्योति लाइफको ६ दशमलव ९० प्रतिशतले बृद्धि भई ५४२ रुपैयाँमा शेयर कारोबार भएको छ । आइतबार हिमालयन लाइफको ६ दशमलव १० प्रतिशतले बृद्धि भई ४३८ रुपैयाँमा र एलआइसी नेपालको ६ दशमलव ०९ प्रतिशतले बृद्धि भएर १ हजार ४८० रुपैयाँमा कारोबार भएको छ । यी बाहेक अन्य कम्पनीहरुको शेयरमूल्य ६ प्रतिशत भन्दा कम प्रतिशतले बृद्धि भएको छ ।

 निर्जीवन बीमा कम्पनी
मौद्रिक नीतिको समीक्षा सार्वजनिक भएपश्चात आज शेयर बजारमा ऐतिहासिक उछाल आएको छ । आइतबार निर्जीवन बीमा उपसूचक ५ दशमलव २२ प्रतिशत अर्थात ५२५ दशमलव ५४ अंकले बृद्धि भएर १० हजार ६१५ को विन्दुमा कायम भएको छ ।

निर्जीवन बीमा उपसूचकमा कारोबार भएका कम्पनीहरुमध्ये प्रभु इन्स्योरेन्सको सर्बाधिक अंकले शेयरमूल्य बृद्धि भएको छ । कम्पीको शेयरमूल्य आज ९ दशमलव २४ प्रतिशतले बृद्धि भएर ७३३ रुपैयाँमा शेयर कारोबार भएको छ ।

यसका साथै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८ दशमलव १४ प्रतिशतले बृद्धि भई ५७१ रुपैयाँमा कारोबार भएको छ । साथै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ८ दशमलव ०६ प्रतिशतले बढेर ७४७ रुपैयाँमा र आईजिआई प्रूडेन्सियल इन्स्योरेन्सको ६ दशमलव ७३ प्रतिशतले बढेर ५२३ रुपैयाँमा शेयर कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*