पूर्वी तराईका ग्रामिण क्षेत्रमा बीमा अभिकर्ताको नाममा आतंक, बीमितले रकम फिर्ता माग्न थाले

२५ मंसिर २०८०, सोमबार ०९:३३

काठमाडौं । बारा लगायत पूर्वी तराईका केही जिल्लामा बीमा अभिकर्ताको नाममा आतंक फैलिएको छ । डर र त्रास देखाएर क्षमताभन्दा माथिको पोलीसी बेच्ने त्यस्ता व्यक्तिहरु शहरबाट अहिले गाउँ केन्द्रित भएको र आम सर्वसाधारणलाई आतंकित पारिरहेको बताइँदैछ ।

बजार क्षेत्रमै बीमितले किस्ता नियमित गर्न नसकिरहेका बेला त्यस्ता अभिकर्ताहरु गाउँ पसेर वैदेशिक रोजगारमा गएका परिवार, आफन्त, कृर्षि कर्म गरिरहेका किसानलाई ठूलो रकमका पोलीसी बेच्ने गरेको र पहिलो, दोस्रो किस्ता तिर्न मुस्किल भएकाहरुलाई उल्टै त्रर्साउने, थर्काउने गरेको बारा डुमरबानाका बाबु पाण्डेले बताएका छन् ।

कमिसनको चक्करका लागि मात्रै गाउँ पसेका अभिकर्ताहरुले दोस्रो किस्ता तिर्न नसक्नेहरुलाई सम्भावित त्रास देखाई पोलीसी बेच्ने गरेको पाण्डेले बताएका छन् । त्यस्तो कार्यमा समाजमा प्रतिष्ठीत पेशामा आवद्ध भएकाहरु नै सक्रिय रहेको उनको भनाइ छ । यस्तो आतंक बढ्दै गएपछि पहिलो, दोस्रो किस्ता जेनतेन तिरेकाहरु अहिले त्यो रकम फिर्ता माग्न बीमककहाँ धाउन थालेका छन् ।

अभिकर्ताहरुले आफ्नो रकम फिर्ता लिन चाहेका बीमितहरुलाई अर्को बीमा गर्ने व्यक्ति खोज्न बाध्य पार्न थालेपछि कतिपय विवादहरु प्रहरी, प्रशासनसम्म पुगेका छन् । नेपाल बीमा प्राधिकरणले जारी गरेको नीति, निर्देशिका तथा जीवन बीमा कम्पनी स्वयंको कार्यविधि भन्दा बाहिर गएर गरिएका गविधि नियन्त्रण गर्न बीमितहरुले प्रशासनलाई गुहारेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*