आइएमई लाइफ इन्स्योरेन्सको बुटवलमा अभिकर्ता तालिम सम्पन्न, २७ जना सम्मानित

२५ मंसिर २०८०, सोमबार ११:०५

काठमाडौं । आइएमई लाइफ इन्स्योरन्स लिमिटेडले बुटवल क्षेत्रकाका उत्कृष्ट अभिकर्ताहरुलाई तालिम प्रदान गरेको छ । कम्पनीले मंसिर २४ गते होटल एशियन कालिकानगर, बुटवल, रुपन्देहीमा उक्त तालिम सम्पन्न गरेको हो ।

कम्पनीले पछिल्लो समय अभिकर्ताको क्षमता विकास गर्ने उद्धेश्यले सातवटै प्रदेशमा अभिकर्ता तालिम कार्यक्रम सन्चालन गरेको बताइएको छ । ३ दिन सम्म संचालित तालिममा अभिकर्ताको काम कर्तव्य, अधिकार र आफ्नो टिम व्यवसााय गर्न नयाँ रणनीतिको बारेमा जोड दिएको क्षेत्रिय शाखा प्रवन्धक राजेन्द्र पन्थीले जानकारी दिए । साथै उनले कार्यक्रममा २७ जना समुहमा उत्कृष्ट काम गरेका अभिकर्तालाई सम्मान प्रदान गरेको बताए ।

कार्यक्रम क्षेत्रीय शाखा प्रबन्धक राजेन्द्र पन्थीको अध्यक्षता, प्रदेश प्रमुख प्रेम तिमिल्सिनाको प्रमुख आतिथ्यता तथा शाखा प्रमुख नारायण गौतमको संचालनमा सम्पन्न भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*