मर्जरपछि बीमा कम्पनीहरुको शाखा कार्यालय १६ प्रतिशतले घट्यो, कर्मचारीहरुमा न्युन प्रभाव

१ पुष २०८०, आईतवार १३:५१

काठमाडौं । हाल नेपालमा सञ्चालन रहेका बीमा कम्पनीका कार्यालय र बीमा कर्मचारीको संख्या घटेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा क्षेत्रको कात्तिक महिनासम्मको वित्तीय विवरण अनुसार बीमा कार्यालयको संख्यामा १५ र कर्मचारीको संख्यामा तीन प्रतिशले घटेको देखिएको छ ।

नियामक नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी पु¥याउनु भनेर सिर्जना गरेको आतंकका कारण नौ वटा जीवन बीमा र १० वटा निर्जीवन बीमासहित कूल १९ वटा बीमा कम्पनी मर्जरमा जाँदा बीमा कम्पनी र कर्मचारीको संख्यामा गिरावट आएको हो ।

चालु आर्थिक वर्ष २०८०।०७९ को कात्तिक महिनासम्म बीमा कम्पनीहरुमा कुल ११ हजार ४१८ जना कर्मचारी कार्यरत रहेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ४० प्रतिशतले कम हो । गत आवको सोही अवधिमा ११ हजार ८२० जना कर्मचारी रहेका तथ्यांकले देखाएको छ ।

जीवन बीमा कम्पनीका कर्मचारीको संख्या ६ हजार १४८ बाट ६ दशमलव २८ प्रतिशतले घटेर पाँच हजार ७ सय ६२ जनामा सीमित बनेको छ । त्यस्तै, निर्जीवन बीमा कम्पनीका कर्मचारीको सख्या चाही धेरै घटेको छैन् । यस अवधिमा कर्मचारीको संख्या ० दशमलव २८ प्रतिशतले मात्र घटेर पाँच हजार ६ सय ७२ जनाबाट पाँच हजार ६ सय ५६ जना पुगेका छन् ।

यसैगरी, बीमा कम्पनीहरुका कार्यालय संख्याहरु पनि घटेका छन् । यस अवधिमा बीमा कम्पनीहरुका कार्यालयको संख्या १५ दशमलव ७९ प्रतिशतले घटेर तीन हजार तीन सय ५७ बाट दुई हजार आठ सय २७ वटा कार्यालयमा सीमित भएको छ ।

जीवन बीमा कम्पनीहरुको कार्यलय संख्या २१ दशमलव २४ प्रतिशतले घटेर दुई हजार दुई सय ९८ बाट एक हजार ८१० वटा रहेका छन् । यसका साथै, निर्जीवन बीमा कम्पनीहरुका कार्यालय संख्या तीन दशमलव ९७ प्रतिशतले घटेर १ हजार ५९ बाट एक हजार १७ रहेका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*