आर्थिक मन्दीको प्रभाव बीमा क्षेत्रमा, बीमा दायरादेखि व्यवसायमा प्रत्यक्ष असर

१ पुष २०८०, आईतवार १५:५२

काठमाडौं । आर्थिक मन्दीको प्रभावको प्रत्यक्ष असर बीमा क्षेत्रमा पनि पर्न गएको छ । गत आर्थिक बर्षमा झण्डै दुई प्रतिशतको दायरा घटेको छ।चालु आर्थिक बर्षमा बीमाको दायरा ४२ प्रतिशत रहेको छ। गत अािर्थक बर्षको सोहि अवधिमा बीमाको दायरा ४४ प्रतिशत रहेको थियो ।

बीमाको दायरा बढाउने क्रममा लागेका बीमा कम्पनीहरुलाई आर्थिक मन्दीले असर पारेको देखिन्छ । बीमा अभिकर्ताको टार्गेटदेखि कम्पनीहरुको नियमित टार्गेट पुराउन पनि यतिबेला हम्मे हम्मे परेको छ।निर्जीवन बीमा क्षेत्रमा समेत परेको छ । गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा यो आर्थिक वर्षको पहिलो चार महिनाको कुल निर्जीवन बीमाशुल्क ४.५८ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको पहिलो चार महिनामा १३ अर्ब ३५ करोड ८५ लाख कुल बीमा शुल्क आर्जन गरेका निर्जीवन बीमा कम्पनीहरुले यो आर्थिक वर्षको पहिलो चार महिनामा १२ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ कुल निर्जीवन बीमाशुल्क आर्जन गरेका छन् ।

आर्थिक मन्दीका कारण कुल निर्जीवन बीमालेख संख्यामा पनि २.६८ प्रतिशतले गिरावट आएको छ । गत आर्थिक वर्षको सुरु चार महिनामा ९ लाख १९ हजार २३८ कुल निर्जीवन बीमालेख जारी भएकामा यो आर्थिक वर्षको सुरु चार महिना अर्थात् कार्तिक मसान्तसम्म ८ लाख ९४ हजार ५२४ कुल निर्जीवन बीमालेख संख्या जारी भएको तथ्याङ्क नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको छ ।

उता, कुल जीवन बीमाशुल्क संकलन बढेपनि कुल जीवन बीमालेख संख्यामा १.६० प्रतिशतले कमि आएको छ । अघिल्लो आर्थिक वर्षको सुरु चार महिनामा एक करोड ३९ लाख ४२ हजार ३०९ कुल जीवन बीमालेख संख्या जारी भएकामा यो आर्थिक वर्षको सुरु चार महिनामा एक करोड ३७ लाख १९ हजार ७२५ कुल जीवन बीमालेख संख्या जारी भएको अवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*