सात महिनापछि प्रभु महालक्ष्मीको शेयर नेप्सेमा सूचीकृत, कतिमा होला पहिलो कारोबार ?

२ पुष २०८०, सोमबार १६:११

काठमाडौ । सात महिनापछि प्रभु महालक्ष्मी लाइफको शेयर नेप्सेमा सूचीकृत भएको छ । दोस्रो बजारमा कम्पनीको शेयर कारोबार सातमहिनापछि भोलिदेखि सुरु हुने भएको छ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाममा नेप्सेमा आज सूचीकृत भएको छ।

नेप्सेमा प्रभु महालक्ष्मी लाइफको नाममा १०० रुपैयाँ अंकित दरका कुल ४ करोड २९ लाख ६० हजार कित्ता शेयर सूचीकृत भएको छ। नेप्सेको आजको निर्णयबाट प्रभु महालक्ष्मी लाइफको नाममा धितोपत्र सूचीकरण भएको र मर्जर प्रयोजनका लागि रोक्का राखिएको शेयर कारोबार फुकुवा गरिएको हो।

साबिकको प्रभु र महालक्ष्मी लाइफ १ः१ अनुपातमा मर्जर भएका हुन्। मर्जर प्रक्रिया पूरा गरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाममा गत असार २९ गतेबाट एकीकृत कारोबार सुरु भइसकेको छ। एकीकृत कारोबार सुरु भएकै दिनदेखि नेप्सेले प्रभु लाइफको शेयर कारोबार रोक्का गरेको थियो। महालक्ष्मी लाइफ भने नेप्सेमा सूचीकृत थिएन।

शेयर रोक्का हुनअघि प्रभु लाइफको शेयर प्रतिकित्ता ५८७ रुपैयाँ अन्तिम कारोबार भएको थियो। अब यही मूल्यबाट प्रभु महालक्ष्मी लाइफको शेयरमूल्यमा कारोबार खुल्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*