नेपाल बीमा प्राधिकरण, राष्ट्र बैंकसहितका सबै नियामकलाई अख्तियारको ४८ बुँदे निर्देशन, सञ्चालकहरुको सुविधा खोसिने

५ पुष २०८०, बिहीबार ०८:२२

काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरण, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्डसहितका नियामक निकायलाई ३९ बुँदे निर्देशन जारी गर्दै नीतिगत भ्रष्टाचार नगर्न भनेको छ । आयोगले गत मंसिरको पहिलो साता गरेको छलफलपछि हिजो फेरि दोस्रो छलफलमार्फत ४८ बुँदे निर्देशन जारी गर्र्दै अवज्ञा गरेमा कारवाही गर्ने चेतावनी दिएको छ ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नेपाल सरकारका सचिव, विभागीय प्रमुख र नियामक निकायका प्रमुखहरुलाई बोलाएर छलफल पश्चात ४८ बुँदे लिखित निर्देशन दिएको छ । आयोगका प्रमुख आयुक्त प्रेम राई तथा अन्य आयुक्तहरुको उपस्थितिमा भएको छलफलपछि आयोगले ४८ बुँदे निर्देशन जारी गर्दै त्यसको कार्यान्वयनबारे निरन्तर अनुगमन गर्ने भएको छ ।

नेपालका सार्वजनिक निकायमा, सार्वजनिक संस्था र नियामक निकायमा कुनै व्यक्ति विशेष, समुह विशेषलाई फाइदा पुग्ने गरी नीतिगत निर्णय गरी कानुन संशोधन नगर्न समेत आयोगले भनेको छ । सो आधारमा अब नियामक निकायबाट जारी हुने निर्देशिका, नीति र नियमका सम्बन्धमा समेत स्वार्थ बाझिएको नबाझिाएको विषय आयोगले अनुगमन गर्ने भएको छ ।

आयोगले अर्थ मन्त्रालय कार्य सञ्चालन निर्देशिका विपरितका काम कुनै पनि निकायमा भइरहेको भए तत्काल अन्त्य गर्न चेतावनी दिएको छ । साथै अर्थमन्त्रालयको सहमति बेगर कर्मचारी र सञ्चालकको सेवा सुविधा बृद्धि गर्न नपाइने स्पष्ट निर्देशन दिएको छ । सार्वजनिक संस्थाका सञ्चालकहरुलाई गाडी सुविधा दिने कार्य भ्रष्टाचारजन्य कार्य भएको आयोगले स्मरण गराउँदै ४८ बुँदे निर्देशनमा समेटिएको छ । सो निर्णयले धेरै सार्वजनिक संस्थाका सञ्चालकहरुले पाउँदै आएको सेवा सुविधा खोसिने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*