सानिमा रिलायन्स लाइफको बीमा दावी भुक्तानी

१२ पुष २०८०, बिहीबार १०:२३

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका १८ की स्वर्गिय गौरी देवि जोशीका श्रीमान मदन राज जोशीलाई मृत्यु दावी भुक्तानी वापतको ४ लाख १२ हजार रुपैयाँ घरमै गएर हस्तान्तरण गरेको हो ।

बीमा दावी भुक्तानी कार्यक्रममा प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीले बीमितलाई छिटो छरितो मृत्यु दावी भुक्तानी गर्ने गरेको र सर्वसुलभ बीमा सेवाका लागि कम्पनी सधै प्रतिबद्ध रहेको बताएका छन् ।

क्षेत्र प्रबन्धक रोशन भट्टले संचालन गरेको कार्यक्रममा सानिमा रिलायन्स लाइफका महेन्द्रनगर २ शाखा प्रमुख गणेश राज जोशी, महेन्द्रनगर १ शाखा प्रमुख माया कुमारी चौधरी बजार अधिकारी धना जोशी, बरिष्ठ एजेन्सी म्यानेजर अम्बा दत्त जोशी , बरिष्ठ एजेन्सी म्यानेजर धर्म राज जोशी,बरिष्ठ एजेन्सी म्यानेजर रुपेश के सि र स्थानीयहरु सहभागी भएका थिए। ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*