पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफको विशेष अधिवेशन पुस २१ गतेदेखि सुरु

१२ पुष २०८०, बिहीबार १४:०६

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको विशेष अधिवेशन पुसको तेस्रो सातादेखि सुरु हुने भएको छ । संघको बिशेष अधिवेशन पुस २१ र २२ गते हुने भएको छ । संघको अधिवेशन प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभागृहमा डाकिएको छ ।

यसका लागि अधिवेशन आयोजक समितिले आधिकारिक रुपमा समय समयमा जारी गरेका सूचनाहरु हेर्न सम्पुर्ण अभिकर्ताहरुलाईआग्रह समेत गरेको छ । संगठनलाई विधि र पद्धति अनुसार पारदर्शी तवरले सञ्चालन गर्नका लागि बीमक समिति नेपाल लाईफको बिशेष अधिवेशनमा सहभागी भई कार्यक्रम भव्य र सभ्य रुपमा सफल पार्न आयोजकले सबैलाई अनुरोध गरेको छ ।

पेशागत बीमा अभिकर्ता संघ नेपालले प्रेश विज्ञप्ती जारी गर्दै प्रजातान्त्रिक पद्दती अनुसार मतदान प्रकृयाँमा भाग लिन सबैलाई अनुरोध समेत गरेको छ । नेपाल लाइफमा संघको पुरानो कार्यसमितिले संगठनलाई कमजोर बनाएको भन्दै आरोप लगाउने गरेको छ । यसरी दुई पक्ष विचमा टकराव हुने अवस्था आए पछि पेशागत बीमा अभिकर्ता संघले नै मिलेर अगाडी बढ्न अनुरोध गरेको हो ।

संघले भनेको छ ‘पेशागत बीमा अभिकर्ता संघ नेपाल सम्पूर्ण बीमा अभिकर्ताहरुलाई बीमा व्यवसायमा अनुशासित र कर्तव्यनिष्ठ बनाउन ट्रेड यूनियन ऐन अन्तर्गत गठन भएको एक राष्ट्रिय स्तरको संगठन हो । श्रमजीवी अभिकर्ताहरुको आर्थिक तथा सामाजिक समुन्नतीका लागि आम अभिकर्ता बीचमा एकता र समझदारी कायम गर्न यो संगठन प्रयन्तशील छ । बीमितको सर्वोपरी हितका खातिर अभिकर्ताले विगतमा खाईपाई आएका सेवा सुविधा सुरक्षित गर्नु र थप अधिकारका लागि संघर्षशील रहनु आजको आवश्यकता हो ।’

संघले बीमा क्षेत्रमा सम्वद्ध सबै बीचको सुमधुर सम्बन्ध र सद्भावको माध्यमबाट यस सेवामूलक पेशालाई समाजमा स्थापित गराउन सकिन्छ भनेर निरन्तर प्रयत्न गरिरहेको जनाएको छ । संघको इतिहास निर्माणमा धेरैको श्रम र पसिना परेको भन्दै विगत लामो समय देखी केन्द्रीय समिति र बीमक समितिमा विधान विपरित दोहोरो जिम्मेवारीमा रहेर केही व्यक्तिले बीमक समिति नेपाल लाइफमा संगठनलाई अस्तव्यस्त बनाएको संघले आरोप लगाएको छ । यसका साथै अभिकर्ता हितकोषको रकम चरम दुरुपयोग गर्दै हिनामिना गरेको भन्ने विषय छानविनको चरणमा नै रहेको विद्यमान कार्यसमितिले उल्लेख गरेको छ ।

आफ्नो गल्तीबाट उम्कन सकिन्छ की भनेर विगतका कमिजोरी ढाकछोप गर्न छिद्रान्वेषी मनसायले विषय वस्तुलाई अन्यत्र मोड्ने प्रयत्न गरी भ्रमजाल फिंजाउन केही व्यक्तिहरु व्यस्त रहेको संघको आरोप छ । अभिकर्ताहरुले खाइपाइ आएका सेवा सुविधा खोस्ने मनसायले अनधिकृत रुपमा संघको लेटरप्याड र छाप दुरुपयोग गर्दै भेला तथा प्रशिक्षणका नाममा गैरजिम्मेदार गतिविधि गरी संगठन कमजोर बनाउने काम भइरहेको भन्दै यसबाट कसैले पनि छुट नपाउने भन्दै संघले चेतावनी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*