हिमालयन लाइफको उर्लाबारी शाखाबाट बीमा दावीको झण्डै १० लाख रुपैयाँ हस्तान्तरण

१२ पुष २०८०, बिहीबार १४:५५

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा दावी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीको उर्लाबारी शाखाले उर्लाबारी–४ निवासी बीमित स्वर्गीय गोमामाया तामाङको परिवारलाई पौष ६ गते शुक्रबार दाबी भुक्तानी दिएको हो ।

कम्पनीबाट स्वर्गीय बीमितले ३ वर्ष अघि ५ लाख रुपैयाँ बिमाङ्क र ५ लाख रुपैयाँकै घातक रोग सुबिधा समेत लिएकी थिइन् । उनले साविक गुराँस लाइफ इन्स्योरेन्स कम्पनी उर्लाबारी शाखाबाट बीमा गराएकि थिइन्।

कम्पनीको उर्लाबारी शाखा कार्यालयमा जनप्रतिनिधि उर्लाबारी ४ का वडा अध्यक्ष कल्याणकुमार राइको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमकाबीच कम्पनीले स्वर्गीय तामाङका श्रीमान भीमबहादुर तामाङलाई जीवन बीमाको पाँच लाख १८ हजार रुपैयाँ र घातक रोग वापतको करकट्टा गरी चार लाख ७५ हजार रुपैयाँ समेत जम्मा गरी नौ लाख ९३ हजार ९०९ रूपैयाको चेक हस्तान्तरण गरेको शाखा प्रमुख भरत थापाले जानकारी दिए ।

उक्त कार्यक्रममा एजेन्सी मेनेजर बालकुमार गुरुङ, तेजबहादुर कार्की, बद्री बस्नेत, कर्मचारीद्वय रीता पौडेल, सागर थापालगायतको उपस्थिती रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*