नेशनल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी

१२ पुष २०८०, बिहीबार १५:४३

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीको रुकुम पश्चिम शाखाले एक कार्यक्रम आयोजना गरी बीमा दावी भुक्तानी गरेको हो ।

कम्पनीमा बाफिकोट गाउँपालिका १ का गोबिन्द बिकले एक लाख रुपैयाँको बीमा गरेका थिए । उनले तीन किस्तामा जम्मा १८ हजार रुपैयाँ जम्मा गरेकोमा उनको असामयिक निधन भएकोले उनका बुवा तिल बहादुर कामीलाई बिमाङक रकम र बोनस गरी जम्मा १ लाख १९ हजार रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ ।

कम्पनीका शाखा प्रमुख टंक हमाल र मुख्य व्यवसाय प्रबन्धक लाल बहादुर बोहरा, व्यवसाय प्रबन्धक फर्मिका बिकको उपस्थितिमा मृतक बिकलाई हार्दिक श्रद्धान्जली प्रकट गरी रकम हस्तान्तरण गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*