बीमा कम्पनीहरुलाई प्रिमियममा आइपीओ जारी गर्न रोक

१२ पुष २०८०, बिहीबार १८:२०

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले बीमा कम्पनीहरुलाई प्रिमियममा आइपीओ जारी गर्न रोक लगाएको छ ।संसद्को सार्वजनिक लेखा समितिको आजको बैठकले १० बुँदे निर्देशन मार्फत बीमा प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो ।

आज बसेको समितिले प्रिमियम आइपीओ कुन आधारमा दिएको हो भन्दै प्रश्न समेत सोधेको छ । बीमा कम्पनीहरुलाई प्रिमियममा शेयर बिक्रि गर्न नेपाल बीमा प्राधिकरणले स्वीकृती दिनु बीमा ऐनको विपरीत र सर्वसाधारण लगानीकर्ताको हित विपरित देखिएको सो कार्यलाई तत्काल सच्चाउन समितिको आजको बैठकले निर्णय गरेको छ ।

आज समितिले नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणलाई प्रिमियम आइपीओ निष्काशनका बिषयमा जवाफ सोधेको थियो ।

लेखासमितिको जवाफमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल बीमा ऐनको दफा २९ का अनुसार प्रिमियम आइपीओ निष्काशनको लागि सौद्धान्तिक सहमती दिएको बताएका थिए ।भने बोर्डको तर्फबाट उपस्थित भएका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले मापदण्ड अनुसार दिएको जवाफ अर्थसमितिलाई दिएको थियो ।

One thought on “बीमा कम्पनीहरुलाई प्रिमियममा आइपीओ जारी गर्न रोक

  1. Prabhu says:

    प्रमाणीत भएमा खाएको तलव पनी तिराउनु पर्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*