प्रिमियम मूल्यमा आइपीओ निष्काशनमा बोर्डको हस्ताक्षर नभएको खुलासा, अख्तियारको निशानामा प्राधिकरणका अध्यक्ष सहित उच्च कर्मचारी

१५ पुष २०८०, आईतवार १४:३६

काठमाडौं । प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने बिषयमा नेपाल बीमा प्राधिकरणका अधिकारीहरुले हस्ताक्षर नगरेको खुलेको छ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सहित उच्च तहका कर्मचारीहरुले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने बाटो खुल्ला गर्ने निर्देशिकामा हस्ताक्षर गरेको खुलेको छ।

नेपाल बीमा प्राधिकरणका बोर्डका संचालक समिति बाहेकका अध्यक्ष सहित उच्च पदमा बसेर जथभावी अनुमति दिने र हस्ताक्षर गर्नेहरु कानुनको फन्दामा पर्ने भएका छन् ।

सार्वजनिक लेखा समितिको बैठकले नियामक नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र विद्युत नियमन आयोगसहितका प्रिमियम मूल्यमा आईपिओ जारी गर्न अनुमति दिने निकायहरुमाथि छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लिखित निर्देशन दिने निर्णयसँगै प्राधिकरणका अध्यक्षसहितका उच्च अधिकारीहरु छाविनमा पर्ने निश्चित भएको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बोर्डको बैठकमा प्रिमियम मूल्यमा प्रस्ताव लगेर छलफल गरेपनि बोर्डले सकारात्मक प्रतिकृया नदिएको कारण प्राधिकरणको व्यवस्थापक मार्फत उक्त बिषय अघि बढाएको थियो । सो कारण प्राधिकरणको व्यवस्थापक समूहबाटै प्रिमियम मूल्यमा आइपीओ निष्काशनको प्रस्ताव अघि बढाएर कम्पनीको आइपीओ प्रस्ताव पास भएको स्रोतले जनाएको छ।

लेखा समितिले प्रिमियममा आईपिओ जारी गर्न अनुमति दिने निर्णय गलत भएको ठहर गर्दै छानविन गरी दोषीमाथी कानुन बमोजिम कारवाही गर्न भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लिखित निर्देशन दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*