एसुरेन्स साइन्समा ‘फेलोसिप’ गर्नेहरुका लागि खुसीको खबर, नेपालमै रोजगारी पाउनेगरी गाइडलाइन जारी गर्दै बीमा प्राधिकरण

१५ पुष २०८०, आईतवार १५:५५

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एसुरेन्स साइन्स लिएर अध्ययन गरिरहेका विद्यार्थीलाई नेपाल मै रोजगारी दिने गरी फेलोसिपको गाइडलाइन जारी गर्ने भएको छ । अहिले नेपालका बीमा कम्पनीहरुले बीमा पोलिसीदेखि विभिन्न कार्ययोजना बनाउने सन्दर्भमा आउटसोर्सिङ गर्दै आएका छन् भने नेपाली विद्यार्थीहरु अवसर नपाएर पलायन भइरहेका छन् ।

यसैलाई मध्यनजर गर्दै बीमा प्राधिकरणले अब इन्स्योरेन्स कम्पनीहरुलाई आवश्यक क्राइटेरिया पूरा गरेका एवं प्रस्तावित विषय उत्तिर्ण गरेका फेलोसीपहरुलाई नेपालमै रोक्ने गरी गाइडलाइन जारी गर्न लागेको बीमा प्राधिकरणकी निर्देशक पुजन ढुंगेल (अधिकारी)ले बताइन् ।

उनका अनुसार अहिलेसम्म एसुरेन्स साइन्सका विद्यार्थीहरु आफैं विषयहरु छानेर फेलोसिप गर्न गर्दै आइरहेका छन् । त्यसरी फेलोसिप गर्ने मध्येका केहीले नेपालका इन्स्योरेन्स कम्पनीहरुमा काम पाएका छन् । निर्देशक ढुंगेलले भनिन्, ‘हामीले जारी गर्ने गाइडलाइनमा कति वटा विषय पास गरे क्राइटेरिया पूरा हुन्छ भन्ने प्रष्ट लेखिएको हुन्छ । हामीले कम्पनीहरुलाई यस्तो क्राइटेरियाका फेलोसिपहरुलाई लिन सक्छौ भनेर दिशानिर्देश गर्छौँ । यसबाट फेलोसिप गर्ने विद्यार्थीहरुलाई पनि ठूलो राहत हुन्छ ।’

प्राधिकरणको गाइडलाइन कार्यान्वयनमा आए बीमा पोलिसी मेकिङमा इन्स्योरेन्स कम्पनीहरुको परनिर्भरता टर्ने बताइएको छ । अहिले अधिकांशले भारतबाट आउटसोर्सिङ गर्दै आएको निर्देशक ढुंगेलले बताइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*