एशियन लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितिले न्यूनतम् ४२ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाइने

१८ पुष २०८०, बुधबार १०:३२

काठमाडौं । एयिशन लाइफले गत आव २०७९।८० को वित्तिय विवरणमा आधारित नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । नेपाल बीमा प्राधिकरणबाट गत पुस १२ गते स्वीकृत भएको बोनस दर अनुसार बीमितिले न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम् ७५ रुपैयाँसम्म बोनस पाउनेछन ।

कम्पनीका अनुसार सावधिक तथा आजिवन बीमालेखमा न्यूनतम् ६१ रुपैयाँदेखि बीमा पोलिसीका अवधीका आधारमा क्रमशः बृद्धि भई अधिकतम् ७५ रुपैयाँ प्रति वर्ष प्रति हजार रुपैयाँका दरले बोनस पाइनेछ ।
त्यस्तै, सावधिक जीवन बीमालेखमा न्यूनतम् ४५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म प्रतिवर्ष प्रतिहजार रुपैयाँका दरल बीमितहरुले बोनस पाउनेछन् ।

बालबालिका सावधिक जीवन बीमालेखमा अवधी अनुसार न्यूनतम ४४ रुपैयाँदेखि ६० रुपैयाँ बोनस पाइनेछ । त्यस्तै, सामूहिक, सावधिक, नवरत्न, जीवन संगिनी, दम्पत्ति सुरक्षा, बाल उच्च शिक्षा बीमा पोलिसीहरुमा न्यूनतम ४२ रुपैयाँदेखि बीमा पोलिसीको अवधी अनुसार ५० रुपैयाँसम्म बोनसदर निर्धारण भएको छ ।

त्यस्तै, अग्रिम भुक्तानी, एकल बीमालेखमा ५० रुपैयाँ र ७० रुपैयाँ प्रतिबर्ष प्रतिहजार रुपैयाँका दरले बोनसदर निर्धारण गरिएको छ ।

बोनसदर बीमा पोलिसी लिने बीमितहरुका लागि निकै महत्वपूर्ण हुन्छ । बीमितले बीमा पोलिसीको अवधी समाप्त भएपछि बीमाङ्क रकममा बोनसदर गणना गर्दा यही दररेट अनुसार गणना गरिएको हुन्छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*