बीमा कम्पनीले अत्यावश्यक बाहेक बीमाशुल्कको रकम जथाभावी खर्च गर्न नपाउने, जगेडा कोषमा राख्न प्राधिकरणको निर्देशन

१८ पुष २०८०, बुधबार १९:१३

काठमाडौं । अब बीमा कम्पनीहरुले बीमाशुल्क अत्यावश्यक बाहेकमा खर्च गर्न नपाउने भएको छन् । बीमा कम्पनीहरुले जथाभावी बीमाशुल्कको रकम खर्च गर्न थालेपछि नियामक निकाय नेपाल बीमा प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।

फ्युचर बोनससँग सम्बन्धित नयाँ निर्देशन जारी गरेको छ । नेपाल बीमा प्राधिकरणले फ्युचर बोनसमा कडाई गर्दै बीमाशुल्क मार्फत खर्च गरेको जगेडा कोषमा राख्न निर्देशन दिएको छ । हाल बीमा प्राधिकरणले निर्देशन दिएपनि सबै कम्पनीहरुले यस अघि दिएको निर्देशन परिपालना नगरेको कारण कडाईका साथ अघि बढाउन प्राधिकरणले निर्देशन नै दिएर अघि बढाउन लागेको हो ।

बीमितहरुले पाउने बोनस र लाभांशमा कुनै पनि बीमा कम्पनीहरु कमजोर नहुन् भनेर त्यस्तो निर्देशन दिएको प्राधिकरणको भनाई छ । बीमा कम्पनीहरुले आर्जन गरेको शत प्रतिशत रकम संचित गर्नुपर्ने निर्देशन दिएको थियो ।

प्राधिकरणले बीमा कम्पनीहरुलाई अत्यावश्यकबाहेकका खर्चहरु रिजर्भ फण्डमा राख्न निर्देशन दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*