नेपालकै सबैभन्दा धेरै बीमा व्यवसाय गर्ने नेपाल लाइफबाट कति अभिकर्ता एमडिआरटीका लागि क्वालिफाईड भए ?

२० पुष २०८०, शुक्रबार १२:५२

काठमाडौं । नेनेपालकै सबैभन्दा धेरै बीमा व्यवसाय गर्ने नेपाल लाइफ दक्ष बीमा अभिकर्ताहरुको थलो पनि हो । हाल जीवन बीमा कम्पनीहरुमध्ये निरन्तर रुपमा उत्कृष्ट व्यवसाय गर्दै आएको कम्पनी नेपाल लाइफबाट एमडिआरटीमा क्वालिफार्यड कति भए भन्ने बिषयमा सबैलाई जिज्ञासा हुन सक्छ ।

पाल लाइफबाट सन् २०२४ कालागि ११६ जना अभिकर्ताहरु एमडिआरटीका लागि क्वालिफार्यड भएका छन् ।सन् २०२४ कालगि २ जना सिओटी र ११६ जना एमडिआरटी बनेका हुन् । गएको वर्ष एक सय हाराहारी एमडिआरटी बनेकोमा यस वर्ष कम्पनीले अझै धेरै एमडिआरटी प्राप्त गरेको छ ।

चरम आर्थिक मन्दीमा पनि कम्पनीले उल्लेख्य मात्रामा व्यवसाय भित्र्याउन सकेको छ । कम्पनीले यतिका धेरै संख्यामा एमडिआरटी पाउदा समग्रमा कम्पनीको व्यवसायमा पनि उल्लेख्य बृद्धि भएको कम्पनीले जनाएको छ ।

कम्पनीले एमडिआरटी र सिओटीको लक्ष्य हासिल गर्ने अभिकर्ताहरुलाई थप प्रोत्साहित गर्न यहि पुस २३ गते होटल हायातमा विशेष सम्मान गर्ने भएको हो । पुस २१ र २२ गते पेशागत बीमा अभिकर्ता सँग बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अधिवेशन भएकाले यसैका लागि अभिकर्ताहरु काठमाडौं आउदै छन् । यहि अवसरलाई सदुपयोग गर्दै कम्पनीले उनिहरुको सम्मान पनि गर्ने भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*