जीवन बीमा कम्पनीहरुको व्यापार विस्तारमा क्रमिक सुधार, ११ कम्पनीको बढ्दा तीनको घट्यो (सूचीसहित)

२० पुष २०८०, शुक्रबार १५:२९

काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यापार विस्तार सुधार हुँदै गएको देखिएको छ। गत वर्षको मंसिर महिनासम्मको तुलनामा यस वर्षमा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ३.७५ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको तुलनामा यस महिनामा नेपाल लाइफको कुल बीमा शुल्क आर्जन ७.२४ प्रतिशतले बढेको छ । यस कम्पनीले गत वर्षको मंसिर मसान्तसम्म १५ अर्ब ६२ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । यस कम्पनीले चालु वर्षको सोही अवधिसम्म १६ अर्ब ७६ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

गत वर्षको मंसिरसम्म नेशनल लाइफले ६ अर्ब ५३ करोड ८४ लाख बीमा शुल्क आर्जन गरेको थियो । यस कम्पनीले चालु आवको सोही अवधिमा ७ अर्ब १६ करोड २३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ, जुन ९.५४ प्रतिशतले बढी हो ।

त्यस्तै, गत वर्षको मंसिरसम्म ७ अर्ब २ करोड ५१ लाख बीमा शुल्क आर्जन गरेको लाइफ इन्स्योरेन्स कर्पाेरेशनले चालु आवको सोही अवधिमा ६ अर्ब ९२ करोड १ लाख बीमा शुल्क आर्जन गरेको छ, जुन १.४९ प्रतिशतले घटेको हो ।

त्यसैगरी, हिमालयन लाइफको गत वर्षको तुलनामा यस बर्षको मंसिरसम्म बीमा शुल्क आर्जन १३.३४ प्रतिशतले बढेको छ भने राष्ट्रिय जीवन बीमा कम्पनी (साविकको राष्ट्रि बीमा संस्थान) को १८.६३ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*