मसिंर महिनामा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १२ अर्बमाथि, कसको कति ? (विवरणसहित)

२० पुष २०८०, शुक्रबार १४:१६

काठमाडौं । जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा १२ अर्ब ३१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको विवरण अनुसार १४ जीवन बीमा कम्पनीहरुले कुल दुई अर्ब ३४ करोड प्रथम बीमा शुल्क र ९ अर्ब ९६ करोड नवीकरण शुल्क गरेर १२ अर्ब ३१ करोड रुपैयाँ कुल शीका शुल्क आर्जन गरेका हुन् । नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ३ अर्ब ३२ करोडको बीमा व्यवसाय गरेको छ ।

दोस्रोमा नेशनल लाइफले एक अर्ब ८६ करोड ८७ लाख कुल शीमाशुल्क आर्जन गरेको छ भने तेस्रोमा हिमालयन लाइफ इन्स्योरेन्सले एक अर्ब ४३ करोड ३४ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । यस्तै, एलआइसी नेपालले पनि अर्बको बीमा व्यवसाय गरेको छ । उसले प्रथम बीमा शुल्क र नवीकरण गरेर एक अर्ब ३५ करोड ५२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*