जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन साढे ६१ अर्ब माथि, नेपाल, नेशनल एलआईसी अग्रस्थानमा, अन्यको कति ?

२० पुष २०८०, शुक्रबार १४:००

काठमाडौं । जीवन बीमा कम्पनीहरुले मंसिर मसान्तसम्ममा जीवन बीमा व्यवसायबाट साढे ६१ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क आर्जन वापत १० अर्ब ९७ लाख रुपैयाँ प्रथम बीमाशुल्क बापत र ५० अर्ब ७७ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन वापत ६१ अर्ब ७४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

सधै उत्कृष्ट कारोबार गर्दै आएको नेपाल लाइफ कारोबारको आधारमा अग्रस्थानमा रहेको छ। कम्पनीले मंसिर मसान्तसम्ममा १६ अर्ब ७६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
दोस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले मंसिर मसान्तसम्ममा ७ अर्ब १६ करोड रुपैयाँ रहेको छ।

तेस्रोमा एलआईसी नेपालले ६ अर्ब ९२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

प्राधिकरणको तथ्यांक अनुसारहिमालयन लाइफले ६ अर्ब ७९ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५२ करोड रुपैयाँ, सूर्य ज्योति लाइफले ३ अर्ब ४५ करोड रुपैयाँ, एशियन लाइफले ३ अर्ब २ करोड रुपैयाँ र सानिमा रिलायन्स लाइफले २ अर्ब ३६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

त्यस्तै, सिटिजन लाइफले २ अर्ब ३२ करोड रुपैयाँ, मेट लाइफले २ अर्ब १९ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ६७ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ६३ रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ५३ करोड रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

 

 

 

 

One thought on “जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन साढे ६१ अर्ब माथि, नेपाल, नेशनल एलआईसी अग्रस्थानमा, अन्यको कति ?

  1. Sukhram YADAV says:

    Very Necessary

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*