मंसिर मसान्तसम्म जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क आर्जन झण्डै ११ अर्ब, कसले कति कमाए ?

२० पुष २०८०, शुक्रबार १४:३८

काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले मंसिर मसान्तसम्म झण्डै ११ अर्ब प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङक अनुसार उनीहरुले पहिलो पाँच महिनामा १० अर्ब ९७ करोड ४३ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन् ।

जसमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले दुई अर्ब ५८ करोड ९० लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । यस्तै, नेशनल लाइफले एक अर्ब ६१ करोड ९६ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै, हिमालयन लाइफले ८१ करोड १३ लाख, एलआइसी नेपालले ८० करोड ७४ लाख र सूर्यज्योति लाइफले ७८ करोड ६५ लाख प्रथम बीमाशुल्क आर्जन गरेका छन् । सिटिजन लाइफले प्रथम बीमाशुल्क बापत मंसिर मसान्तसम्म ६२ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*