लघु जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन एक करोडमाथि, क्रेष्ट माइक्रो लाइफ उत्कृष्ट, अन्यको कति ?

२० पुष २०८०, शुक्रबार १५:०८

काठमाडौं । लघु जीवन बीमा कम्पनीहरुले मंसिर मसान्तसम्म एक करोड ९ लाख कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले ६१ लाख, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सल ३५ लाख र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले ११ लाख कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

यस्तै, मंसिर महिनामा मात्रै उनीहरुले ६० लाख कुल बीमाशुल्क आर्जन गरेका छन् । मंसिर महिनामा क्रेष्ट माइक्रो लाफले ४१ लाख कुल बीमाशुल्क आर्जन गर्दा लिवर्टीले १० लाख कुल बीमाशुल्क आर्जन गरेको छ । गार्डियन माइक्रो लाफले भने मंसिर महिनामा ७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*