हिमालयन लाइफद्वारा ज्याकेट वितरण

२० पुष २०८०, शुक्रबार १५:५४

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ज्याकेट वितरण गरेको छ । कम्पनीले करिब १०० परिवारलाई उक्त ज्याकेट वितरण गरेको हो ।

कम्पनीले महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा स्थानीयबासीलाई चलिरहेको जाडो महिनालाई मध्यनजर गर्दै ज्याकेट वितरण गरिएको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत, जलेश्वर शाखाका शाखा प्रमुख मोबारक अलि तथा अभिकर्ताहरुको संलग्नतामा उक्त ज्याकेट वितरण गरिएको कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*