जीवन बीमा कम्पनीहरुको नवीकरणबीमा शुल्क आर्जन आधा खर्बमाथि, नेपाल, एलआईसी र हिमालयन लाइफ अग्रस्थानमा (सूचीसहित)

२० पुष २०८०, शुक्रबार १६:३२

काठमाडौं । मंसिर महिनासम्म जीवन बीमा कम्पनीहरुको नवीकरणबीमा शुल्क आर्जन आधा खर्बभन्दा माथि रहेको छ । कम्पनीले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले ५० अर्ब ७७ करोड ३८ लाख रुपैयाँ नवीकरणबीमा शुल्क आर्जन गरेका हुन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक १४ अर्ब १७ करोड १७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ । दोस्रोमा ६ अर्ब ११ करोड २६ लाख रुपैयाँसहित लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड रहेको छ ।

त्यसैगरी, हिमालयन लाइफले ५ अर्ब ९८ करोड ७७ लाख नवीकरण बीमा शुल्क आर्जन गर्न सफल भएको छ भने एता नेशनल लाइफले ५ अर्ब ५४ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब २४ करोड २५ लाख, सूर्याज्योति लाइफले २ अर्ब ६७ करोड १८ लाख, एशियन लाइफले २ अर्ब ४५ करोड ९८ लाख रुपैयाँ नवीकरण बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

सानिमा रिलायन्सले १ अर्ब ८१ करोड १५ लाख, मेट लाइफले १ अर्ब ७१ करोड २३ लाख, सिटिजन लाइफले १ अर्ब ६१ करोड २७ लाख, प्रभु महालक्ष्मीले १ अर्ब ३४ करोड ६ लाख, आइएमई लाइफले १ अर्ब १३ करोड ६४ लाख, रिलायबल नेपाल लाइफले १ अर्ब ४ करोड ६० लाख र बसैभन्दा कम सन नेपाल लाइफले ९२ करोड ४८ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*