नवीकरणबीमा शुल्कबाट बीमा कम्पनीहरुले गरे ९ अर्ब ९६ करोड रुपैयाँ संकलन, कुनले कति? (सूचीसहित)

२० पुष २०८०, शुक्रबार १७:१२

काठमाडौं । बीमा कम्पनीहरुले नवीकरणबीमा शुल्कबाट झण्डै १० अर्ब रुपैयाँ संकलन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार बीमा कम्पनीहरुले मंसिर महिनामा यसबाट ९ अर्ब ९६ करोड १२ लाख रुपैयाँ संकलन गरेका हुन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक २ अर्ब ८४ लाख ७१ हजार रुपैयाँ नवीकरणबीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ५० करोड ७५ लाख रुपैयाँ आर्जन गरेको छ भने तेस्रोमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब २४ करोड ८४ लाख रुपैयाँ नवीकरणबीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पाेरशन नेपालले १ अर्ब २२ करोड ३१ लाख रुपैयाँ नवीकरणबीमा शुल्क आर्जन गरेको छ । सूर्याज्योति लाइफले ५३ करोड ४३ लाख, एशियन लाइफले ५१ करोड ७२ लाख, मेट लाइफले ३७ करोड ८६ लाख र सानिमा रिलायन्सले ३२ करोड ४ लाख नवीकरणबीमा शुल्क आर्जन गरेका छन् ।

त्यसैगरी, सिटिजन लाइफ इन्स्योरेन्सले ३१ करोड २३ लाख, प्रभु महालक्ष्मीले २३ करोड ४८ लाख, आइएमई लाइफले २३ करोड ३८ लाख, रिलायबल नेपाल लाइफले २१ करोड ९१ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले १९ करोड ५८ लाख र सन नेपाल लाइफले सबैभन्दा कम १८ करोड ८० लाख रुपैयाँ नवीकरणबीमा शुल्क आर्जन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*