अभिकर्ता बनेको छोटो समयमै एमडीआरटी बन्न सफल साउदको नजरमा ‘अभिकर्ता पेशा दुःखको साथी’

२२ पुष २०८०, आईतवार ११:१५

काठमाडौं । अत्तरिया स्याउले बजार मा विगत ५ वर्षदेखि मोबाईल पसल संचालन गर्दै व्यवसाय क्षेत्रमा संलग्न थिए प्रेम साउद। करिब १ वर्षदेखि भने आफूले गर्दै आएको पेशा बाहेक बीमा अभिकर्ता पेशामा समेत सशक्त रहेका छन् । जीवनमा आइपर्ने जोखिमबाट जोगाउने राम्रो माध्यम भएकोले जीवन बीमा अभिकर्ता पेशाप्रति लगाव बढेको बताउने साउद हाल रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा अभिकर्ताको रुपमा काम गर्दै आइरहेका छन्

मोबाईल पसल गर्दै छुट्टै सामाजिक छबी बनाउन सफल व्यवसायी पछिल्लो समय नाम र दाम राम्रै हुने यो क्षेत्रमा संलग्न प्रेम साउद पछिल्लो समय भने अभिकर्ता पेशा तर्फ आकर्षित भएका छन् । अभिकर्ता पेशाले उनमा आत्मबल बढाएको छ भने आर्थिक पाटो समेत बलियो बनाएको छ । बीमा पोलिसीले नै उनलाई यो पेशामा लाग्न अभिप्रेरित गराएको प्रेम बताउँछन् ।

करिब १ वर्षअघि उनले बीमा अभिकर्ता सामान्य तालिम लिएर अभिकर्ता पेशामा संलग भएका थिए । जब उनले अभिकर्ता पेशाबारे बुझे, आफू यो पेशामा लाग्न धेरै ढिला भएको उनको अनुभव छ ।

तसर्थ अहिले गर्दै आयको ब्यबसाय चटक्कै छोडी बिमा ब्यबसाय मा लागी आफूले बुझेसँगै उनले आफ्नो साथीभाईलाई समेत अभिकर्ता बन्न प्रेरित गराउँदै आएका छन् । उनी अभिकर्ता बनेसँगै सिंगो परिवारको जीवन बीमा गराउनुका साथै नाता आफन्तलाई समेत बीमा गर्न प्रेरित गर्दै आएको उनी सुनाउँछन् ।

जीवनमा भइपरि आउने भवितव्यलाई जीवन बीमाले सहज बनाउने भएकोले आफूलाई यो पेशा ठिक लागेको उनी बताउँछन् । कारणबस आफन्त गुमाउनुपर्दा समेत बीमा सहारा बन्ने हुँदा सबैले बीमा गराउनु अपरिहार्य जस्तै बनेको प्रेमको भनाई छ । यी नै कुराहरुलाई वेलिबिस्तार लगाउँदा धेरै जना उनीसँग बीमा गराउन राजी हुने गरेको उनी बताउँछन् ।

त्यसैपनि ब्यबसाय क्षेत्रमा भिजेका उनको साथीसँगी र चिनजान बाक्लो रहेको छ । जसले गर्दा अभिकर्ता बनेर काम गरेको छोटो समयमा नै उनी एमडीआरटी बन्न सफल बनेका थिए । थोरै समयमा राम्रो सफलता हाँसिल गरेका उनलाई यो पेशाप्रति झन धेरै लगाब बढेको उनको अनुभव छ । अबको उनको यात्रा भने छिट्टै सीओटी, टीओटी बन्ने रहेको उनी बताउँछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*