बीमा कम्पनीहरुको लगानी निर्देशिका संसोधन, चुक्ता पुँजीको १५ प्रतिशत शेयर बजार, भेन्चर इक्वीटी फण्डमा लगानी गर्न पाउने

रिना खत्री
२२ पुष २०८०, आईतवार १३:५६

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लगानी निर्देशिका संसोधन गरेको छ। बीमा प्राधिकरणले लगानी निर्देशिका संसोधन गर्दै लगानीको दायरा थप विस्तार गरेको हो ।

बीमा प्राधिकरणले जीवन बीमकको लगानी (दोस्रो संशोधन), २०८०, निर्जीवन बीमकको लगानी (पहिलो संशोधन) निर्देशन, २०८० पुनर्बीमकको लगानी (पहिलो संशोधन) निर्देशन, २०८० जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

प्राधिकरणले केही समयअघि बीमा कम्पनीहरुसँग लगानीको दायरा विस्तार सम्बन्धी अन्तक्रिया कार्यक्रम समेत गरेर यो निर्देशिका ल्याएको कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका छन् ।
बीमा कम्पनीले विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृत प्राप्त प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न सक्ने प्राधिकरणले जनाएको छ।
यसमा कम्पनीले कुल लगानीको बढीमा १.५ प्रतिशत लगानी गर्न पाउनेछन् भने एकै फण्डमा बढीमा १ प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था गरिएको छ। यसमा कम्पनीले लगानी गर्नु पूर्व प्राधिकरणको स्वीकृति लिनु पर्नेछ।

प्राधिकरणको सञ्चालक समितिले पुस ५ गते जीवन, निर्जीवन, पुनर्बीमा बीमकको लगानी निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। यसअघि जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीलाई लगानी गर्न प्राधिकरणले ११ क्षेत्र तोकेको थियो।

यसैगरी, प्राधिकरणले लघु जीवन र लघु निर्जीवन बीमकको लगानी निर्देशन समेत संशोधन गरेको छ। प्राधिकरणले सबै बीमा कम्पनीलाई निर्देशन संशोधनमार्फत नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको सेयरमा लगानी गरिने कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशत लगानी गर्न सकिने व्यवस्था गरिएको छ।

यसअघि बीमा कम्पनीले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा मात्रै लगानी गर्न पाउने व्यवस्था गरेको थियो।

संशोधनअघि कम्पनीहरूले लगानी गर्ने कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था थियो। प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले लगानी विविधीकरण गर्न निर्देशिका संशोधन गरेर फराकिलो बनाइएको बताए।

जीवन बीमा कम्पनीको दोस्रो संसोधन निर्देशन
विशिष्टीकृत लगानी कोष नियमावली कुल बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृति प्राप्त प्राइभेट इक्वीटी फण्ड र दशमलव भेन्चर क्यापिटल फण्डमा लगानी गर्न कुल लगानीको बढीमा एक दशमलव ५ प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था ल्याएको छ ।

लगानीको क्षेत्र
लगानीको क्षेत्र महलमा रहेका “बीमकले सहायक कम्पनी, घरजग्गा व्यवसाय, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा, लगायत नवीकरणीय उर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा, स्वास्थ्य क्षेत्रर सेवामूलक क्षेत्रमा लगानी गर्नु पूर्वप्राधिकरणको स्वीकृति लिनु पर्नेछ भन्ने शब्दहरुको सट्टामा बीमकले सहायक कम्पनी, घरजग्गा व्यवसाय, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा, लगायत नवीकरणीय उर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा, स्वास्थ्य क्षेत्र, सेवामूलक क्षेत्र, विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृति प्राप्त प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फण्डमा लगानी गर्नु पूर्व निर्देशनमा उल्लेख भए भन्दा अन्य क्षेत्रमा लगानी गर्नु पूर्व तथा निर्देशनमा तोकिएको सीमा भन्दा बढी लगानी गर्नु पूर्व प्राधिकरणको अनिवार्य स्वीकृति लिनु पर्नेछ” भन्ने व्यवस्था थप गर्ने व्यवस्था गरिएको छ।

निर्जिवन बीमा कम्पनीको दोस्रो संसोधन निर्देशन
विशिष्टीकृत लगानी कोष नियमावली कुल बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृति प्राप्त प्राइभेट इक्वीटी फण्ड र दशमलव भेन्चर क्यापिटल फण्डमा लगानी गर्न कुल लगानीको बढीमा एक दशमलव ५ प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था ल्याएको छ ।
लगानीको क्षेत्र
बीमा प्राधिकरणका अनुसार लगानीको क्षेत्र महलमा रहेका “बीमकले सहायक कम्पनी, घरजग्गा व्यवसाय, कृषि उत्पादन तथा वितरण,शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा, लगायत नवीकरणीय उर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा, स्वास्थ्य क्षेत्रर सेवामूलक क्षेत्रमा लगानी गर्नु पूर्वप्राधिकरणको स्वीकृति लिनु पर्नेछ” भन्ने शब्दहरुको सट्टामा “बीमकले सहायक कम्पनी, घरजग्गा व्यवसाय,कृषि उत्पादन तथा वितरण,शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा, लगायत नवीकरणीय उर्जा परियोजना, केवलकार, सडक,विद्युत प्रसारण लाइन, शिक्षा, स्वास्थ्य क्षेत्र, सेवामूलक क्षेत्र, विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृति प्राप्त प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फण्डमा लगानी गर्नु पूर्व निर्देशनमा उल्लेख भए भन्दा अन्य क्षेत्रमा लगानी गर्नु पूर्व तथा निर्देशनमा तोकिएको सीमा भन्दा बढी लगानी गर्नु पूर्व प्राधिकरणको अनिवार्य स्वीकृति लिनु पर्नेछ” भन्ने व्यवस्था थप गरिएको छ।
लघुबीमा कम्पनीको निर्देशिका
लघु जीवन बीमक र निर्जिवन को लगानी निर्देशन, २०७९ को क्र.सं. १.१ (७) मा संशोध गरिएको प्राधिकरणले जनाएको छ ।
लघु जीवन बीमकको बीमकको लगानी निर्देशन, २०७९ ( यस पछि मूल निर्देशन भनिएको) को क्र.सं. १.१ (७) को लगानीको क्षेत्र महलमा रहेका “साधारण शेयर“ भन्ने शब्दहरुको सट्टा “शेयर“ भन्ने शब्द राखे व्यवस्था गरिएको छ।
मूल निर्देशनको क्र.सं. १.१ (७) लगानीको शर्त महलमा रहेका “ पाँच प्रतिशत“ भन्ने शब्दहरुको सट्ट “पन्ध्र प्रतिशत“ राख्ने व्यवस्था गरिएको छ।

पुुनर्बीमकको लगानी निर्देशन
पुनर्बीमकको लगानी निर्देशन, २०८९ को क्र.सं. १.१ (७) को लगानीको क्षेत्र महलमा रहेको ‘साधारण शेयर’ भन्ने शब्दहरुको सट्टा ‘शेयर’ भन्ने शब्द राख्ने भएको हो । त्यस्तै, मूल निर्देशनको क्र.सं. १.१ (७) लगानीको शर्त महलमा रहेको ‘पाँच प्रतिशत’ शब्दहरुको सट्टा ‘प्रन्ध्र प्रतिशत’ राख्ने भनिएको छ ।

त्यसैगरी मूल निर्देशनको क्र.स. १.१ (१२) थप क्र.स. १.१ (११) पछि लगानीको क्षेत्रमा विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृति प्राप्त प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फण्ड तोकिएको छ।त्यस्तै, लगानीको सीमा कुल लगानीको बढीमा १.५ प्रतिशत कायम गरिएको छ । लगानीको शर्त एकै फण्डमा बढीमा एक प्रतिशत सम्म लगानी गर्न सकिने प्रावधान राखिएको छ ।

क्र.सं. १.१० को लगानीको क्षेत्र महलमा रहेका बीमकले सहायक कम्पनी, घरजग्गा व्यवसाय, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जालगायत नवीकरणीय उर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा, स्वास्थ्य क्षेत्रर सेवामूलक क्षेत्रमा लगानी गर्नु पूर्वप्राधिकरणको स्वीकृति लिनु पर्नेछ” भन्ने शब्दहरुको सट्टामा बीमकले सहायक कम्पनी, घरजग्गा व्यवसाय, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा, लगायत नवीकरणीय उर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा, स्वास्थ्य क्षेत्र, सेवामूलक क्षेत्र, विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृति प्राप्त प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फण्डमा लगानी गर्नु पूर्व, निर्देशनमा उल्लेख भए भन्दा अन्य क्षेत्रमा लगानी गर्नु पूर्व तथा निर्देशनमा तोकिएको सीमा भन्दा बढी लगानी गर्नु पूर्व प्राधिकरणको अनिवार्य स्वीकृति लिनु पर्नेछ” भन्ने व्यवस्था थप गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*