कुन जीवन बीमा कम्पनीबाट कति अभिकर्ता एमडीआरटीमा भए क्वालिफाइड ? (नामावलीसहित)

२२ पुष २०८०, आईतवार १६:२८

काठमाडौं । नेपालमा जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको व्यवसायिक प्रतिष्पर्धाबीच मिलियन डलर राउण्ड टेबुल (एमडीआरटी)को समेत परीक्षा हुने गरेको छ । यो पल्ट नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, आइएमई लाइफ, रिलायबल लाइफ लगायतले एमडीआरटीमा उल्लेख्य प्रगति गरेका छन् । २०२४ को ग्लोबल कन्फ्रेन्स आगामी अगष्ट २७ देखि ३० सम्म दुवई युएईमा हुँदैछ ।

जीवन बीमा अभिकर्ताहरु माझ एमडीआरटी, सिओटी तथा टिओटी सर्वाधिक आकर्षणको विषय बन्दै आएको छ । जसले जीवन बीमा अभिकर्ताको सफलतालाई समेत मापन गर्ने भएकाले जसका लागि हजारौ अभिकर्ताले प्रयास गरिरहेका हुन्छन् ।

जीवन बीमा कम्पनीले समेत अभिकर्तालाई थप प्रोत्साहन गर्न विभिन्न स्किमहरु ल्याउने गरेका छन् । केही कम्पनीहरुले यो वर्ष एमडीआरटीको लक्ष्य हासिल गर्नेहलाई एमडीआरटकी सम्मेलनमा भाग लिन लाग्ने खर्च व्यहोर्नेदेखि थप इन्सेन्टिभका प्याकेज सार्वजनिक गरेका छन् । अभिकर्ताले यस्तो उपाधी हासिल गर्दै गर्दा जीवन बीमा कम्पनीहरुले पनि राम्रो व्यवसाय भित्र्याउने गर्दछन् ।

नेपालमा सञ्चालित १४ वटा कम्पनी मध्ये सूचना अधिकारीले उपलब्ध गराएको विवरणका आधारमा बीमा कम्पनीहरु एमडिआरटी बनेका बीमा अभिकर्ताको विवरण । बीमापोष्टले सूचना अधिकारीलाई सम्पर्क गरी एमडिआरटीको विवरण माग गर्दा दिन नसकेका र नदिने बीमा कम्पनीहरुको सूचि यसमा समावेश छैन ।

नेपाल लाइफ
नेपाल लाइफ इन्स्योरेन्सका रामबहादुर ओलीले २०२४ को एमडीआरटी ग्लोबल कन्फ्रेन्स नहुँदै एकै दिन टार्गेट पूरा गरेर सन् २०२५ ला लागि एमडीआरटी बनिसकेका छन् । नेपाल लाइफबाट सन् २०२४ का लागि १२६ जना अभिकर्ताहरु एमडीआरटीका लागि क्वालिफायर्ड भएका छन् । त्यसमध्ये २ जना सिओटीमा समेत परेका छन् । गत वर्ष एक सय हाराहारी एमडीआरटी प्राप्त गरेको नेपाल लाइफले यो पल्ट ११६ जना एमडीआरटी प्राप्त गरेको हो ।

आइएमई लाइफ
आइएमई लाइफले सन् २०२४ का लागि एक जना सीओटी सहित ३२ जना एमडीआरटी पाएको छ । मेनुका राई सीओटी हुँदा तेजबहादुर अधिकारी तेस्रो पल्ट एमडीआरटी बनेका छन् । यस्तै, आइएमई लाइफबाट भूकपेन्द्र श्रेष्ठ, खुस्विरा मिया, लक्ष्मी विष्ट, ओम प्रकाशत बुढाथोकी, अन्जान कार्की गौतम, बुद्धी साग ढुंगेल, यसोदा आचार्य, अनिता मैनाली, जानुका लुइँटेल, होम प्रसाद कोइराला, फर्तेन्जी शेर्पा, कृष्ण कुमार राई, चरदेव गजमेर, मोहन कुमार चौधरी, नविन श्रेष्ठ, गेन्दा याङ्जुक भोटे, कमला खत्री, बाबुराम पुरी, सजन कुमार कार्की, हिम कला थापा, बविता थापा मगर, युनिश राई, बिना श्रेष्ठ, सिता देवकोटा, जानुका अधिकारी, लिला कुमारी घले गुरुङ, नेत्र बहादुर राउत, लेखनाथ शर्मा, चक्र बहादुर केसी र श्रीनारायण कुमार दास एमडीआरटी छनोट भएका हुन् ।

सानिमा रिलायन्स लाइफ
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले यो पल्ट एक जना टप अफ टेबुल (टीओटी) र २७ जना एमडीआरटी पाएको छ । यो पल्ट सानिमा रिलायन्सबाट नमिता न्यौपाने टीओटीमा परेकी छन् । न्यौपाने एक्लैले २ करोड ५० लाख भन्दा धेरे बीमा शुल्क आर्जन गरेर टीओटी टार्गेट पुरा गर्न सफल भएकी हुन् । नमिता पौडेल यो वर्ष मात्रै नभई दुई वर्षअघि सन् २०२२ का लागि पनि टिओटीमा पर्न सफल भएकी थिइन् । उनले ७ वर्षको अभिकर्ता यात्रामा २०२० मा एमडीआरटी, सन् २०२१ मा सिओटी, २०२२ मा टिओटी, २०२३ मा एमडीआरटी र यस वर्ष फेरि टिओटीको उपाधी हासिल गरेकी छन् ।

यस्तै, सानिमा रिलायन्स लाइफबाट कल्पना विष्ट, नारायण बहादुर गुरुङ, रमेश कुमार रामदाम, रन बहादुर तामाङ, सुनिता कुमारी साह, पुजा गुप्ता, हिमाल देवी गुरुङ, कमल राज शर्मा, तिर्था घिमिरे, झलक कुमार चन्द, रश्मी गिरी, रोसन दाहाल, चन्द्र कुमार आचार्य, बुलु राई, आआइष्मा केसी क्षेत्री, आलोक मिश्र, सरोज ढकाल, सीता भट्टराई, केदारनाथ बराई, अभिनास दाहाल, गोकर्ण पाण्डे, माया कुमारी बस्नेत, मान बहादुर कुवँर, आस्था वली, श्याम गुरुङ, यशु म्हसजु श्रेष्ठ र कलावती कुमारी जोशी एमडीआरटीमा परेका छन् ।

रिलायबल नेपाल लाइफ
रिलायबल नेपाल लाइफबाट भक्तपुर शाखाका लक्ष्मी सुन्दर प्रजापति पाँचौ पल्ट एमडीआरटीमा पर्न सफल भएका छन् । यस्तै, लमजुङकी गीता कुमारी तिवारी सीओटीमा पर्न सफल भएकी छन् भने राम कुमार महतो तेस्रो पल्ट एमडीआरटी बन्न सफल भएका छन् । यस्तै, गायत्री सेढाई र राम कुमार महतो दोस्रो पल्ट एमडीआरटीमा छनोट भएका छन् । उनीरुहसँगै रिलायबल नेपाल लाइफबाट गीता देवी निरौला, यसिन रोका, समिर बरुवाल, कृष्ण कुमारी बगाले, रनजीत कुमार यादव, शर्मिला केसी, राजेन्द्र कुमार दराई, भवानी शंकर पोखरेल, बविता सुवेदी, प्रेम सिंह साउँद र दुर्गा देवी धामी एमडीआरटी छनोट भएका छन् ।

एशियन लाइफ
एशियन लाइफ इन्स्योरेन्सबाट एमडीआरटीमा यो पल्ट ९ जनाले टार्गेट पुरा गरेका छन् । यो पल्ट एशियन लाइफबाट नारायण न्यौपाने, पदमराज कलौनी, रेखा खड्का, कपिल कुमार पौडेल, आदर्श यादव, भवानी भण्डारी, विपिन खनाल, डम्बर कुमारी रोकाया र जसीराम बिक एमडीआरटीमा परेका छन् ।

प्रभु महालक्ष्मी लाइफ
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट अहिलेसम्म ७ जना एमडीआरटीको सूचीमा परेको जानकारी प्राप्त भएको छ । प्रभु महालक्ष्मीबाट तुलसा गुरुङ, नविन शेरचन, इन्दु आचार्य, उद्धव केसी, श्रद्धा कुमारी ओझा, निर्मला अर्याल र सरिता दाहालले एमडीआरटीमा क्पालिफायर्ड भएको बताइएको छ ।

सन नेपाल लाइफ
सन नेपाल लाइफबाट राजु कर्माचार्य एमडीआरटीमा क्वालिफायर्ड भएको जानकारी प्राप्त भए पनि अन्यको अफिसियल पेजमार्फत विवरण सार्वजनिक गर्ने प्रतिक्रिया आएको छ ।

उता, मेटलाइफ एमडीआरटीमा सुरुदेखि नै सहभागि नभएको र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी हालसालै बीमा संस्थानबाट रुपान्तरित भएका कारण एमडीआरटीमा सहभागि हुने वा नहुने भन्ने विषयको निधो नभएको सूचना अधिकारी निरन्जन आचार्यले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*